रेडियो अडियो

द ब्रेकअपको आज हाम्रो भेट भाको दिन सार्वजनिक 

2018/10/31   Gufgaf

पौष २७ गतदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा द ब्रेकअपमा समावेश गीत आज हाम्रो भेट भाको दिन सार्वजनिक भएको छ ।  सिनेमा ज्वालामा समावेश गरिएको यो गीतलाई निर्माण पक्षले रिमेक गरेर यस सिनेमामा राखेको छ । 


ओरिजिनल गीतमा वुद्धविर लामाको शब्द, शिलाबहादुर मोक्तानको संगीत, आशा भोस्ले र उदितनारायण झाको स्वर थियो । रिमेक गरिएको गीतमा  भने विराज गौतम र मेलिना राइको स्वर छ । ज्वालमा यो गीत हशुँदा पनि नाचेका अभिनेता सरोज खानाल रिमेक गरिएको गीतमा पनि देखिएका छन् । 


कविराज गहतराको कोरियोग्राफी रहेको यस गीतमा सिनेमाका मुख्य कलाकारहरु आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्र्की लगायतलाई फिचर गरिएको छ ।  सिनेमालाई हेमराज वीसीले  निर्देशन गरेका हुन् । 


 रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक वीसीको लगानी रहेको यस सिनेमामा नरेन्द्र मैनालीको छायांकन छ भने सुरेन्द्र पौडेलले सिनेमालाई सम्पादन गरेका छन् । 


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस