यस्तो खतरनाक ठाउँमा खिचिएको थियो ठग्स अफ हिुन्दुस्तान 

2018/10/31   Gufgaf

यशराज ब्यानरमा निर्माण भएका सिनेमा ठग्स अफ हिन्दुस्तान ८ नोभेम्बर देखि प्रदर्शनमा आउँदैछ ।  यो सिनेमाको ट्रेलर गीत र यस सँग सम्बन्धित अन्य केही भिडियोहरु सार्वजनिक भईसकेका छन् । सार्वजनिक सामाग्रीहरु हेरेर दर्शक यो सिनेमा हेर्न निकै नै आतुर भएका छन् । सिनेमामा कलाकारको लुक्स हेरेर पनि धेरैलाई यने सिनेमा हेर्न थप जोश बढेको छ ।

सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा सिनेमा छायाकंनका क्रमका केही चाख लाग्दा कुराहरु सार्वजनिक भईरहेका छन् । यो सिनेमाको छायाकंन यस्तो ठाउँमा भएको थियो जहाँ विषालु शर्पहरु आउँथे । घना जंगलमा भएको छायाकंनका क्रममा अभिनेता अमिताभ बच्चनलाई सास फेर्न समेत गाह्रो भएको थियो । जंगलको बाटो पैदल हिँडेर छायाकंन स्थलसम्म जानु परेका कारण अमिताभलाई स्वास लिन गाह्रो भएको थियो । यहि कारण उनी छायाकंन स्थलसम्म  पालकीमा बसेर जान्थे ।  

सिनेमाको धेरैजसो छायाकंन थाईल्याण्ड र  माल्टामा भएका् थियो । यहाँको बोर दीप क्षेत्र घना जंगल र विषालु शर्प पाईने ठाउँको रुपमा चिनिन्छ । यहाँ रहेको एक गुफामा सिनेमाको छायाकंन गरिएको थियो ।  यो गुफालाई सिनेमामा  खुदाबख्सको भूमिका निर्वाह गरेका अमिताभ लुक्ने ठाउँ बनाईएको छ  । शुरुमा निर्देशकले यो ठाउँको बारेमा बताउँदा अमिताभले निर्देशकले के देखेर त्यहाँ छायाकंन गर्न लागेको होला भन्ने सोचेका थिए । तर त्यहाँ गएर त्यो ठाउँ र गुफा देखिसकेपछि उनी पनि दंग परेका थिए । 

यस सिनेमामा अमिताभ बच्चन, आमिर खान, कटरिना कैफ, फतिमा सना सेख लगायतका कलाकारको मुख्य भमिका रहेको छ ।  सिनेमामा अािमर खान डाकुको भूमिकामा छन् । उनको नाम फिरंगी हुन्छ जो आफ्नो नामलाई खुबै माया गर्छ । फिरंगी आफ्नो टोपी कहिल्यै पनि छोड्दैन र  सधैँ साथमा मदिरा राख्छ । चाख लाग्दो  के भने उसले यो मदिरा चोरेको हुन्छ ।


अमिताभ बच्चन  अर्थात खुदाब्शसले नै अंग्रेजहरुको विरुद्धमा लडाईँ शुरु गर्छन् ।  उनी आफूलाई किसान भन्न रुचाउँछन् । त्यस्तै अभिनेत्री फतिमा सना सेख पनि एक योद्धाको भमिकामा छन् । 

अभिनेत्री कटरिना यो सिनेमामा बोल्ड सुरैयाको भमिकामा छन् । उनी  आफ्नो सुुन्दरता र   अदाबाट सबैलाई दिवाना बनाउँछिन् ।  सिनेमामा कटरिना र आमिरको लग भग उस्तै भूमिका छ जो अरुलाई बहकाएर आफ्नो काम बनाउँछन् । 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस