जनकको घर निर्माणमा सहयोगको लागि कलाकार शिशिर भण्डारीको यस्तो अपिल 

2018/10/31   Gufgaf

सञ्चारकर्मी, कलाकार, तथा युटुबरको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका शिशिर भण्डारीलाई मन पराउने धेरै छन्  । कलाकारिता र संचारमाध्यम संगै सामाजिक काममा पनि सक्रिय शिशिर भण्डारी यतिबेला दाङका जनक गन्धर्भको घर निर्माण सहयोगका लागि जुटिरहेका छन । अशक्त आमाबुवालाई पाल्न र ८ बर्षका भाईलाई पढाउन दाङबाट काठमाडौं आएर बसमा, फिल्म हलमा र मानिसहरुको भिडभाडमा सारंगी बजाउँदै पैसा उठाउँदै आएका १२ बर्षे जनक गन्धर्वको आमा बुवा बोल्न सक्दैनन् । दुखको कुरा सरकारले सबैको घर बनाईदियो तर गन्धर्व बस्तीमा जनककै मात्र घर बनेको छैन ।


यो थाहा पाएपछि कलाकार शिशिर भण्डारीले भाईहरुलाई स्कुल पढाउने, जनकको घर बनाउने अभियान थालेका छन् । हाल राजधानीको कलंकीमा आफ्नै गाँउको काका सँग बस्दै आएका जनकसँग सारंगी बजाउने संगै गाउने साथै आफ्नो प्रस्तुति हेर्ने मानिसहरुलाई मनोरंजन प्रदान गर्न सक्ने कला समेत रहेको छ । देश विदेश बाट करिब १५ लाख बराबरको नगद संकलन गरिसकेपछि घर निर्माण सुरु गर्ने बताएका शिशिर भण्डारी केहि समय अगाडी उनै जनकको घर दाङ समेत पुगेर उनको पारिवारिक अबस्था समेत बुझेका थिए । जनकको घरको पारिवारिक अबस्था निकै नाजुक देखेर आफुलाई जनकको घर बनाईदिनु पर्छ भन्ने लागेर घर निर्माण सहयोगमा जुटेको बताएका छन् । 
जनक र बिराजलाई पहिलोपटक गोपीकृष्ण हलमा भेटेका भण्डारीले उनीहरुको भिडियो तयार पार्दै हजार रुपैँया समेत सहयोग गरेका थिए । उक्त भिडियो युटुबमा आईसकेपछि जनक र बिराजको प्रतिभालाई धेरैले मन पराएका थिए । त्यसपछि भिडियोमा जनक र बिराजको लागि सकारात्मक प्रतिक्रिया आएपछि भन्डारीले उनीहरुलाई युटुब बाट आएको रकमले जनक र बिराजलाई सपिङ पनि गराएका थिए । हाल जनक गन्धर्व घर निर्माण अभियान अन्तर्गत युकेबाट सन्दिप पौडेलको पहलमा अन्य थुप्रै सहयोगी साथीहरु ीमलेर ५ हजार पाउण्डको लक्ष्य सहित अभियान सुरु भैसकेको भण्डारीले बताएका छन् । 


जनक गन्धर्व घर निर्माण अभियानमा सहयोग गर्न अपिल गर्दै भन्डारीले थुप्रै मिडियाकर्मी माझ अपिल समेत गरेका थिए । जनकलाई भेटेको लगभग १ महिना भन्दा बढी भैसक्दा अहिले सम्म प्रत्यक्ष रुपमा सहयोग गर्दै आएका आफ्नै युटुब च्यानल नयाँ नयाँ न्युज नेपाल का क्यामरा पर्सन लक्ष्मण राज अधिकारी प्रति धेरै आभार प्रकट गर्दै सहयोग गर्नको लागि आफ्नो नेपाल इन्भेस्टमेन्ट बैंक ०२८०५०८०३९९४१८ मा सहयोग रकम जम्मा गरिदिन आग्रह समेत गरेका छन् । अन्य जानकारीको लागि यो भिडियो हेर्नुस 
 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस