Tuesday, 26 Oct
01:00:00

विराज भट्टले बनाउने भए साङलो

2018/11/01   Gufgaf

कुनै समय नायकको रुपमा राज गरेका अभिनेता विराज भट्ट् नेपाली सिनेमामा आफ्नो राम्रो क्रेज हुँदा हुँदै भोजपुरी सिनेमामा प्रवेश गरे ।  उनलाई त्यहाँ पनि राम्रो सफलता मिल्यो । 


नेपाली सिनेमापछि भोजपुरीमा गएपनि विराजले नेपाली सिनेमालाई भने भुल्न सकेनन् । केही वर्षको अन्तरालमा उनले रोज राणाको सिनेमा जय परशुराममार्फत नेपाली सिनेमामा कमब्याक गरे । तर उनलाई यो सिनेमामा दर्शकले साथ मिलेन । यो सिनेमा चलेन । सिनेमा नचलेपछि विराज फेरि हराए । तर आफ्नो कमब्याकलाई दर्शकले त्यति साथ नदिए पनि विराजले नेपाली सिनेमामा आफ्नो सक्रियता भने नछोड्ने भएका छन् । 


यसैलाई निरन्तरता दिनको लागि उनी अब नयाँ सिनेमा निर्देशनमा जुट्ने भएका छन् । सिनेमा ‘साङ्लो’ मार्फत विराज फेरि दर्शकमाझ आउन लागेका हुन् । प्रेम र पारिवारिक कथामा तयार हुने यो सिनेमालाई रमाईलो बनाउने विराजको योजना छ । यो सिनेमाका लागि हाल एक जना नायिकाको खोजी भईरहेको छ ।


त्यस्तै सिनेमाको संगीतको तयारी भने सकिईसकेको छ । सिनेमाका लागि राजनराज सिवाकोटी, सुरेश अधिकारी र विनोद खम्बुले ३ वटा गीत तयार पारिसकेका छन् । अहिले सिनेमाको कथामा काम भईरहेका कारण सिनेमा फ्लोरमा जान केही समय लाग्ने बुझिएको छ । 

 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस