चितवन पछि बुटवल र भैरहवामा “छक्का पञ्जा”को टोली

2018/11/01   Gufgaf

गत असोज २४ गते अर्थात घटस्थापनाको दिनदेखि  प्रदर्शनमा आएको सिनेमा छक्का पन्जा ३ यो साता देखि चौथो हप्तामा प्रवेश गरेको छ । चौथो हप्तामा पनि सिनेमाको कारोबार डगमगाएको छैन । यो सिनेमाले आफ्नै प्रिक्वेल अर्थात छक्का पञ्जाको रेकर्ड समेत तोडिसकेको छ । छक्का पञ्जाले १ सय १८ दिनमा १७ करोडको कारोबार गर्दै नेपाली सिनेमाकै ईतिहासमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो । तर छक्का पञ्जा ३ ले त छोटो समयमै अर्थात १७ दिनमै यो रेकर्ड तोडिसकेको छ ।  


चौथो सातामा पनि सिनेमा हेर्ने दर्शकको चाप नघटेका कारण निर्माण टोली यतिबेला उपत्यका बाहिर पुगेको छ । सिनेमा प्रदर्शनको २२ औँ दिन अर्थात बुधबार निर्देशक सहितको टोली दर्शलाई प्रत्यक्ष भेटेर धन्यवाद भन्न चितवनका इन्द्रदेव सिनेमा हल र जलमा  सिनेमा हलमा पुगेको थियो । यो यात्रामा  कलाकार तथा निर्माता दीपक राज गिरी, निर्देशक दीपाश्री निरौला,  जितु नेपाल, केदार घिमिरे छन् । चितवन पुगेको यो टोलीले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहाल र देबी ज्ञवालीसंगै केक समेत काटेको थियो । 


केक काटे लगत्तै मेयर रेणु दाहाल र देबी ज्ञवाली संगै दिपक, दिपा, जितु र केदारले फिल्म समेत हेरेका थिए । त्यस्तै आज विहिबार पनि छक्का पञ्जा ३ को टोली उपत्यका बाहिरकै हलहरुमा हुनेछ । आज    १२ बजे बुटवलको भिउ सिनेमा  मिलन  सिनेमा कालिका सिनेमामा पुगेर दर्शकलाई धन्यवाद दिएपछि यो टोली दिउँसो ३ बजे भैरहवाका पद्मश्री हल र काशी सिने प्लेक्समा पनि पुग्ने भएको छ ।  


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस