दीपिका र दिवाकरको थाईल्याण्ड मस्ती

2018/11/02   Gufgaf

अभिनेत्री दीपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराईले ४ वर्षपछि आफूहरु एकअर्काको प्रेममा रहेको खुलाए । मिडियामा उनीहरुको प्रेमको बारेमा विभिन्न खबर छापिँदा समेत उनीहरुले प्रेम अस्विकार गरेर ती खबरहरुको खण्डन गर्दै आएका थिए । 


तर गत आईतबार थाईल्याण्ड उडेको यो जोडीले शनिबार मात्रै आफूहरु प्रेममा रहेको खुलायो । शनिबार विहानै सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै उनीहरुले आफ्ने सम्बन्धको खुलासा गरेका हुन् ।  


उनीहरुले आफूहरु प्रेममा रहेको मात्रै खुलाएनन् ईन्गेजमेन्ट गरेर सदाका लागि एक भएको  समेत सार्वजनिक गरे । अर्को कुरा उनीहरुले आफूहरुले केही समय अघि नै कानुनी रुपमा विवाह गरिसकेको सार्वजनिक गरे । 


आफूहरुको सम्बन्ध सार्वजनिक गरेलगत्तै थाईल्याण्ड पुगेको यो जोडीले यतिबेला एकअर्कासँग क्वालिटी टाईम बिताईरहेको छ ।  खासमा यो अवसर उनीहरुलाई एउटा बिज्ञापनले जुराएको हो । दीपिका एउटा बिज्ञापनको छयाकंनको क्रममा  थाईल्याण्ड जाने क्रममा साथमा दीवाकर पनि गएको बुझिएको छ ।


यो समय उनीहरुको लागि निकै नै सुन्दर रहेको हामी उनीहरुले सेयर गरेका तस्बिरहरुमा देख्न सक्छौँ ।  नेपालमा हुँदा ४ वर्षसम्म आफ्नो सम्बन्ध लुकाउन सकेको यो जोडीले थाईल्याण्ड पुगेर आफूहरुको प्रेम खुल्लम खुल्ला देखाएको छ । 


उनीहरुले एकअर्कालाई किस गरेका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्दै माया व्यक्त गरिरहेका छन् ।
यतिबेला दीपिका अभिनित दोस्रो सिनेमा छक्का पञ्जा ३ चौथो सातामा प्रदर्शन भईरहेको छ । उता दिवाकर पनि सिनेमा क्याप्टेनको छायाकंन सकेर बसेका छन् । उनले यो सिनेमा निर्देशन गरेका हुन् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस