Tuesday, 26 Oct
01:00:00

जिरो विशेष हुँदैछ शाहरुखको ५३ औँ जन्मदिन

2018/11/02   Gufgaf

बलिवुडका बादशाह अर्थात शाहरुख खान आज देखि ५३ वर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोभेम्बर २ मा नयाँ दिल्लीमा जन्मेका शाहरुख सानो पर्दापछि ठूलो पर्दामा प्रवेश गरेका हुन् । सन् १९९२ मा सिनेमा दिवाना मार्फत उनले बलिवुडमा डेब्यु गरे । बलिवुडमा स्थान पाएका शाहरुखले आफ्नो कलाकारिताको जादु यसरी छरे कि उनलाई बलिवुडको बादशाहको उपनाम नै दिईयो । खास गरी उनको करिअरमा केही यस्ता सिनेमाहरु आए जसमा उनले गरेको कामले उनलाई बादशाह बनाईदियो । जसमा दिलवाले दुल्हनीया ले जाएंगे, दिल तो पागल है, कुछ कुछ होता है, मोहब्बतेँ, चक दे ईण्डिया, देवदास, कभि खुशी कभि गम जस्ता सिनेमा पर्छन् ।

 

उनले काम गरेको सिनेमा दिलवाले दुल्हनिया ले जाएंगे बलिवुड सिनेमाको ईतिहासमा सबैभन्दा लामो समयसम्म प्रदर्शन हुने सिनेमा बनेको छ । यो सिनेमामा उनी अभिनेत्री काजोलको जोडी भएर प्रस्तुत भएका छन् । १९९२ देखि बलिवुडमा निरन्तर सक्रिय रहेका उनको आगामी सिनेमा हो जिरो ।

 

यसमा उनी एउटा होचो व्यक्तिको भूमिकामा प्रस्तुत भएका छन् । बिहिबार यो सिनेमाका दुईवटा पोस्टर सार्वजनिक भएका थिए । जसमध्ये एउटामा उनी अभिनेत्री अनुश्का शर्मासँग थिए भने अर्को पोस्टरमा अभिनेत्री कटरिना कैफसँग । बिहिबार सार्वजनिक भएका दुई पोस्टरको चर्चापछि शाहरुखको जन्मदिन पारेर शुक्रबार बिहान सिनेमाको तेस्रो पोस्टर सार्वजनिक गरिएको छ ।

Shahrukh Khan will release zero trailer today

यो पोस्टरमा भने शाहरुख एक्लै छन् । पोस्टरमा उनले पैसाको माला लगाएको देख्न सकिन्छ । शाहरुखले यो वर्ष पनि पहिलेका वर्षहरुमा जस्तै फ्यानहरुसँगै जन्मदिन मनाउने छन् । तर यो जन्मदिन उनको जिरो विशेष हुने भएको छ । सिनेमा जिरोका निर्माताले शाहरुख खानको जन्मदिनमा सिनेमाको ट्रेलर सार्वजनिक गर्ने भएका छन् । शाहरुखले सिनेमाको ट्रेलर सार्वजनिक भएपछि फ्यानहरुसँगै जन्मदिन मनाउने भएका छन् । यो सिनेमामा उनी बउआ सिंहको भूमकामा छन् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस