बाँकि चैँ त्याहाँ बसिरहन्छन्  होला त...?

2018/11/02   Rabindra

कक्षामा शिक्षकले गणित विषय पढाईराख्नु भएको थियो ।त्यतीकैमा स्टुडेन्टले कत्तीको बुझे भन्ने

कुरा जान्नका लागी शिक्षकले एउटा स्टुडेन्ट (राजेन्द्र)लाई उठाएर सोधेछन्....।


शिक्षकःबाबु राजेन्द्र ल भन त १२ मा ५ घटाए कती हुन्छ...??


राजेन्द्रःकत्ती सजीलो...७ हुन्छ नी सर....


शिक्षकःस्याबास....ल अब फेरी भन २५ मा १० घटाए कती हुन्छ....??


राजेन्द्रः(एकछिन सोचेर)आउँदैन सर...


शिक्षकःहे मुर्ख... ल मानौँ बारीमा २५वटा भेडा चरीरहेका थिए..त्यतीकैमा त्याहाँबाट १०वटा भेडा घर आए भने....अब त्याहाँ कती वटा भेडा बाँकि रहे...???


राजेन्द्रः० वटा सर....


शिक्षकःहँ ० रे..कसरी नी ...???


राजेन्द्रःहत्तेरीका सर अब एउटा भेडा हिँडेपछि सबै भेडा हिँडछन् भने १० वटा भेडा हिँडिसके पछि बाँकि चैँ त्याहाँ बसिरहन्छन्  होला त...?


शिक्षकःहत्तेरी ल सुन.. तँ सँग २५वटा स्याउ छ...अब तैँले त्यसमा १०वटा स्याउ मलाई दिईस भने तँ सँग कती वटा स्याउ बाँकि रहन्छ...।


राजेन्द्रः२५ वटा सर....।


शिक्षकः२५ रे..यो चैँ कसरी नी फेरी ....??


राजेन्द्रः(रीसाउँदै)हजुरको पिताको कमाई छ र सर...तपाईले माग्दैमा स्याउ दिनलाई..त्यो पनी १० वटा.....


(त्यसपछि कक्षाको सबै स्टुडेन्ट गलललल हाँस्छन्...शिक्षक बेहोस.....)


............हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस