रेडियो अडियो

नेपाल आइडल बुद्ध लामाको रातो टिका टल्क्यो टल टल सार्वजनिक 

2018/11/04   gufgaf

गफगाफ - नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामाको आवाजमा रहेको नया गीत सार्वजनिक भएको छ । बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्ध लामालाई मेलिना राईले साथ दिएकी छन्। । चर्चित डान्स ग्रुप भिमफेदी गाइजको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई हास्य टेलि चलचित्र भद्रगोलका काकु अर्थात लेखक तथा निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन् 

नेपाल आइडल भएपश्चात नेपाली गीतसंगीतमा बुद्ध लामाको दमदार उपस्थिती नभएको गुनासो आइरहेको समयमा आफुले त्यस कुरालाई सम्बोधन गर्नका लागि यो गीत निकालेको बुद्धको भनाई रहेको छ । उनले  आफू नेपाल आइडल भए पनि सोचे अनुसार काम गर्न नपाएको गुनासो समेत गरे । 

यता संगीतकार बसन्त सापकोटाले बुद्ध लामाले नेपाल आइडलको ट्याग बाट माथि उठ्दै सिर्जनाको कारण चिन्ने अवस्था आउनु पर्ने भन्दै यस गीतले केही हदसम्म साथ दिने बताए । 
रातो टिका निधारमा टल्क्यो टल टल बोलको गीतलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफ गरेका हुन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस