विहेकी दिन विधुवा भएकी निर्मलालाई चेतनाथको साथ

2018/11/04   gufgaf

गफगाफ -  भनिन्छ विवाह पछि व्यक्तिको जीवनको दोस्रो चरणको शुरुवात हुन्छ । विवाह पछि हामी जीवनलाई नयाँ तरिकाले शुरुवात गर्ने योजना बनाएर अघि बढेका हुन्छौँ । तर यस्ता सपना र योजना सबैका सफल हुन्छन् भन्ने छैन । केहीले विवाहकै दिन सोच्दै नसोचेको कुरा पनि भोग्न बाध्य भएका उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै सोच्दै नसोचेको पीडा र विपत सहने एक हुन् दाङकी निर्मला अधिकारी । बेहुलीको भेषमा सजिएर नयाँ घरमा गएर नयाँ तरिकाले जीवनको शुरुवात गर्ने सपना देखेकी निर्मलाले आफ्नै श्रीमान्लाई धोको फेरेर हेर्ने मौका पनि पाईनन् । आचार्यले विहे भएकै दिनमा जीवनको ठूलो पीडा सहनु पर्यो जुन उनले सायदै कल्पना गरेकी थिईन् ।

माईती घरबाट अन्मिएर नयाँ घरमा नयाँ जीवनको शुरुवात गर्ने यात्रामा निस्केकी निर्मलाले नयाँ जीवनको शुरुवात त के नयाँ घरमा पाईला टेक्न पनि पाईनन् । विक्रम २०६१ सालको माघ ८ गते विवाह सकेर दाङबाट प्युठान निस्केको जन्ती बोकेको  बस अचानक दुर्घटना भयो । यो दुर्घटनापछि निर्मलाको जब आँखा खुल्यो  तब उनले आफूलाई एक्लै पाईन् । उनले त्यो दुर्घटनामा श्रीमान् गुमाईसकेकी थिईन् । यो उनको जीवनमा परेको बज्रपात थियो । जसलाई उनले मजाले सम्हालिन् । विवाहकै दिनमा जीवन साथी गुमाएकी निर्मलालाई परिवारले साथ दियो । उनलाई चोट पुग्ने डरले परिवारले उनको श्रीमान्को निधन भएको खबर गोप्य राख्यो तर निर्मलालाई यो कुरा पहिले नै थाहा भईसकेको थियो । दुर्घटनामा परेर बेहोस भएकी उनले त्यही बेहोसीमा अरुले कुरा गर्दा सुनेकी थिईन् बेहुला रहेनन् भन्ने कुरा । तर उनले त्यो कुरा थाहा पाएपनि थाहा नपाए जस्तो गरि आफूलाई प्रस्तुत गरिन् ।

विहेकै दिनमा त्यस्तो बज्रपात सहेकी निर्मलाले  त्यस पछिका दिनहरुमा विहेको बारेमा सोेचेकी पनि थिईनन् । त्यो घटना पछि पनि उनलाई  माग्न त धेरै नै आए । तर उनलाई एउटा श्रीमतीको रुपमा ईज्जत दिएर साथ दिनेहरु आएनन् ।  आए त केबल एउटा अबला नारीलाई दया देखाउनेहरु मात्रै । यहि  कारण पनि उनको परिवारले उनको विवाह गरिदिएन । त्यो क्रममा निर्मलाले पनि विवाह भन्ने चिज आफ्नो भाग्यमा नै नभएको महसुस गर्न थालिन् र आफूलाई आत्मनिर्भर कसरी बनाउने भन्ने सोचमा अघि बढ्न थालिन् । उनी पढेर आफ्नै बलबुतोमा केही गर्ने र आफ्नो खुट्टामा उभिने सोचमा अघि बढ्न थालेको बेला  उनको जीवनमा आईपुगे पत्रकार चेतनाथ   आचार्य । त्यो घटना पछि विवाहको कुरा उनको अगाडि हुनै छोडेको थियो ।  उनको विवाहको त कुरा छोडौँ अरुको विवाहको कुरा पनि उनको अगाडि गरिँदैनथ्यो । यहि क्रममा उनलाई हेर्न पुगे चेतनाथ । चेतनाथ सकेसम्म गरिब परिवारकी, टुहुरी युवतीलाई जीवन साथी बनाउने योजनामा थिए ।

यहि क्रममा उनले एकपटक निर्मलाको बारेमा सुने र उनलाई हेर्न पुगे । हेर्न पुगेपछि शारीरिक र मानिसिक रुपले उनलाई निर्मला ठिक लाग्यो र उनले विवाह गर्ने निधो गरे । यसरी निर्मलाले पनि चेतनाथलाई जीवन साथीको रुपमा स्विकारेर जीवनको नयाँ शुरुवात गरिन् । चेतनाथसँग विवाह गरेपछि निर्मलाले नयाँ जीवन पाईन् । अहिले उनी एउटा छोरा र एउटा छोरीको आमा बनिसकेकी छिन् । निर्मलाको जीवनका अन्य रहस्यहरु थाहा पाउन पिरतीको यो एपिशोड हेर्नुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस