बुद्धि तामाङको ६५ वर्षे बृद्ध अनुभव

2018/11/05   gufgaf

गफगाफ -  बुद्धि तामाङ पछिल्लो समयका निकै चर्चित हास्य कलाकारहरु मध्यका एक हुन् । हास्य टेलिचलचित्र मेरी बास्सै बाट दर्शकमा चिनिएका उनि अहिले ठुलो पर्दामा व्यस्त छन् । एक पछि अर्को चलचित्रमा व्यस्त हुदै गएका बुद्धि महंगो पारिश्रमिक लिने हास्य कलाकार मध्यका एक हुन् ।  उनले २०६२ सालमा डबली थिएटरबाट नाट्ययात्रा सुरु गरेका थिए । डबली थिएटर मै रहेर उनले आफ्नो अभिनय कौशलतालाई अघि बढाएका थिए । उनि त्यस समय सडक नाटकमा निकै व्यस्त मानिन्थे । डबली थिएटरमा रहेर करिव ४ वर्ष काम गरे पछि एक्टर्स स्टुडियोमा काम सुरु गरे र  अफ्नो अभिनय यात्रा अघि बढए । बुद्धि तामाङ अनुप बरालका विध्यार्थी हुन् । उनले अनुप बराल सँग अभिनयको तीन महिने प्रशिक्षण लिएका थिए  ।

तिन महिनाको तालिम लिए पश्चात उनको अभिनय यात्रामा पहिले भन्दा निखारता आउन थाल्यो । तालिम लिइसके पश्चात उनले अभिनय गरेको पहिलो नाटक ‘मलामी’ हो । ‘मलामी’ प्रोसिनियम थिएटरमा काम गर्न थाले पश्चातको  पनि पहिलो नाटक थियो । ‘मलामी’ नामक नाटकमा उनले ६५ वर्षका बृद्धको भूमिका निर्वाह गरेका थिए । यो उनको पहिलो अनुभव थियो । सुरुमा त उनलाई नसक्ने पो हो कि भन्ने पनि लागेको थियो । त्यस नाटकका निम्ति उनले बृद्ध मानिसको हाउभाउ शैलीलाई अभिनयमा उतार्नु पर्ने थियो । 

उनिहरुको हिड्ने,खाने, बोल्ने, बस्ने लगायतका कुराहरुलाई नाटकमा उतार्नु निकै चुनौती थियो । सुरुमा त आँट गर्न सकेनन् तर पछि हट्ने पनि उनलाई मन थिएन । अन्तत उनि त्यो नाटकमा काम गर्ने निर्णयमा पुगे । त्यसका निम्ति उनि सडक बाटोमा हिड्ने डुल्ने गरेका बृद्ध मानिसहरुको हाउभाउ नियाल्न थाले । दिन भरि सडकमा गएर बृद्ध मानिस खोज्थे र उनिहरुको व्यवहार नियाल्थे । विस्तारै उनले बृद्ध मानिसहरु सग सम्वन्ध बढाउन थाले । पहिले भक्तपुर बसोबास गर्ने भएका कारण  त्यस ठाउका बृद्धहरु सग नजिक हुन उनलाई केहि सहज पनि भयो । उनि दैनिक रुपमा भक्तपुरको पाँचतले नजिकै जान्थे र दिनभरि त्याहिका बृद्धबृद्धा हरु सँग बस्थे उनिहरुको जिवन शैलिलाई नियाल्थे र बेलुका घरमा आएर त्यहि कुरालाई अभिनयमा उतार्ने प्रयास गर्थे  ।  

उनका हजुरबुवाको स्वर्गवास भइसकेको थियो तर हजुरवुवाले उनि सँग गर्ने गरेको व्यवहार,वाँहाको हाउभाउ उनको दिमागमा ताजै थियो । त्यस सगै दिन भरि भेट भएका ज्येष्ठ नागरिकलाई सम्झिन्थे । उनिहरुको बोल्ने,हिड्ने,खाने सबै कुरालाई सम्झिन्थे र सोहि कुरालाई अभिनयमा उतार्ने प्रयास गर्थे । केहि समय पछि उनले त्यो नाटकलाई प्रस्तुत गर्ने समय आयो । थोरै डर अनि धेरै शाहस बोकेर स्टेजमा प्रस्तुत भए । पहिलो सो बाट नै उनले गरेको अभिनयको चौतर्फी तारिफ भयो । सो अभिनयका कारण सबैबाट प्रशंसा पाए । उनलाई लाग्न थाल्यो मनिसको हिलो सिकाई उस्को चाहाना र साहास हो । उनको अभिनय यात्राको टर्निङ पोइन्ट नै उनि सोहि नाटकलाई मान्ने गर्दछन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस