Tuesday, 26 Oct
01:00:00

अहिले हट सेलाएर कोल्ड भयो भने ....४० तिर्न परेन...??

2018/11/05   Rabindra


एकदिनको कुरा हो एकजना कन्जुस मानीस...आफ्नो छोरा राजेन्द्रलाई लिएर...एउटा क्याफेमा कफी खान

गएछ .. कफी खाँदै जाने क्रममा बुबा चैँ(फर्सिलाल) ले छिटो छिटो खाईसकेछन्.... तर राजेन्द्रले

भने ढिला खाईरहेको थियो ।त्यो देखेर फर्सिलालले भनेछन् ।


फर्सिलालःओई राजेन्द्र त्यो कफी छिटो छिटो खा त तँ....अहिले चिसो हुन्छ फेरी...


राजेन्द्रःह्या बाबा म त बिस्तारै खान्छु......चिसो भएर के हुन्छ त....???


फर्सिलालः(रिसाउँदै)केरे अझ के हुन्छ रे...अहिले डबल पैसा तिर्नु पर्यो भने चैँ कस्ले तिर्छ....छिटो खा.....


राजेन्द्रः(अचम्म मान्दै)केरे बाबा डबल पैसा रे.....किन नी...?.ढिला खायो भने डबल तिर्नु पर्छ भनेर काहाँ लेखेको छ र...????


फर्सिलालः(रिसाउँदै)हरे बेबकुफ तैँले कस्तो कुरा नबुझेको...यता हेर मेनुमा.. हट कफीको

२० रुपैँया ... कोल्ड कफीको ४० रुपैँया भनेर लेख्या छ....अनी अहिले हट सेलाएर कोल्ड भयो भने ....४० तिर्न परेन...??


राजेन्द्रःहँ............


फर्सिलालःअनी के त.....??


............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस