आजबाट मुन्द्रेको कमेडी क्लब

2018/11/05   gufgaf

गफगाफ -  हास्य कलाकार जितु नेपालले गर्न लागेको कार्यक्रम मुन्द्रेको कमेडी क्लव आज बाट सुरु हुदै छ । मुन्द्रेको कमेडी क्लब आजबाट हरेक सोमबार राती ८ ५० बजे प्रसारण हुन लगेको जितुले बताए । उनले सुरु गर्न लागेको कार्यक्रम मुद्रेको कमेडी क्लवमा अन्य हास्य कलाकारहरुको पनि सहभागीता रहने छ । कार्यक्रममा जितु नेपाल सगै दिपाश्री निरौला,राजाराम पौडेल, राजेन्द्र नेपाली,उमेश राई लगायत अन्य धेरै हास्य कलाकारहरुको जम्काभेट हुने छ ।

कमेडी क्षेत्रका वादशाहा मध्यका एक हुन हास्य कलाकार जितु नेपाल । सानो पर्दाका टेलिचलचित्रहरु विमान चालक, हिजो आजका कुरा,ट्वाक्क टुक्क हुदै गिताञ्जली पछि उनले जिरे खुर्सानीमा फड्को मारे ।  नेपाल टेलिभिजनमा प्रसारण हुने हास्य टेलिचलचित्र जिरे खुर्सानी बाट उनि कलाकार,लेखक,निर्देशक मात्र बनेनन्, मुन्द्रेको नामले दर्शकको मन मश्तिष्कमा बस्न सफल भए । हाल जिरे खुर्सानी बन्द भइसकेको छ । 
तर हास्य कलाकार जितु नेपाल भने दर्शकको नजर बाट टाढा भएका छैनन् ।

झन्डै ३ दर्जन चलचित्रको राष्ट्रिय कलाकार हुदै उनि आफै कार्यकारी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ यतिबेला अत्याधिक सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्र छक्का पञ्जा ३ ले व्लक बष्टर व्यापार सगै चलचित्र उद्योग नै ताताइरहेका बेला उनि भने मुन्द्रे सो मार्फत सानो पर्दा मा फर्किएका छन् । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस