रेडियो अडियो

रणवीरले दीपिकाको लागि किने ३२ लाखको मंगलशुत्र

2018/11/05   gufgaf

गफगाफ -   अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह यहि नोभेम्बर १४ र १५ मा हुँदैछ । विवाहको मिति नजिकिँदै गएपछि उनीहरुको घरमा पनि विवाहको फंशन शुरु भईसकेको छ । ४ नोभेम्बर अर्थात आईतबार रणवीरको घरमा  हल्दी सेरेमनी आयोजना गरिएको थियो जसका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाईरल भएका छन् । हल्दी लगाईसकेका रणवीरले खुशी मुद्रामा सेल्फी लिएका केही तस्बिर सार्वजनिक भएका छन् ।  

५ वर्षसम्म अफेयरका रहेको यो जोडीले ईटालीको लेक कोमोमा १४ र १५ डिसेम्बरमा विवाह गर्दैछ । विवाहको लागि रणवीर र दीपिकाले मिलेर गहना पनि किनिसकेका छन् । रणवीरले दीपिकाको लागि २० लाख भारतीय रुपैयाँको मंगलशुत्र किनिदिएका छन् । दीपिकाले पनि रणवीर अर्थात हुनेवाला श्रीमान्को लागि सुनको सिक्री  किनिदिएकी छिन् । यसको मुल्य भने सार्वजनिक भएको छैन । दीपिकाले आफ्नो लागि दुईवटा हार पनि किनेकी छिन् । त्यस्तै अन्य केही गहना गरेर उनीहरुले एक करोडको गहना किनेको भारतीय मिडियाहरुले जनाएका छन् ।

चाख लाग्दो कुरा के भने रणवीर र दीपिकाले जहाँ शपिङ गरेका थिए त्यो पसलको शटर उनीहरु पुग्नु भन्दा १ घण्टा अगाडि नै बन्द गरिएको थियो ।  बन्द शटरमा मजाले रोजी रोजी दीपिका र रणवीरले गहना किनेका हुन् ।
दीपिका र रणवीरको विवाह कलर कार्डिनेटेड हुनेछ । यसमा परिवारका सदस्यसँगै वेटर्सले समेत ड्रेस कोड फलो गर्नेछन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस