माघे संका्रन्तीमा ३ सिनेमा भिड्दै

2018/11/05   Gufgaf

अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको सिनेमा भिलेनको फस्टलुक सार्वजनिक गरिएको छ  । पौष २७ गतेबाट प्रदर्शनमा आउने भिलेनको फस्ट लुकमा अभिनेता निखिललाई मात्र समावेश गरिएको छ ।


तर यो सिनेमामा उनीसँगै शिल्पा पोखरेल, निशा अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो सिनेमाको फस्ट लुक सँगै प्रदर्शन पनि सार्वजनिक गरिएको हो ।
वितरक सुनिल मानन्धरले सिनेमाको प्रदर्शन मिति माघे संक्रान्तीको छेको पारेर पौष २७ लाई पक्का गरेका हुन् । 


देवेन्द्रराज पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमा अन्य दुईवटा सिनेमासँग भिड्ने भएको छ । किनभने यो मितिमा यसअघि नै २ वटा सिनेमाले प्रदर्शन मिति तोकिसकेका छन् । कमेडी कथामा बनेको सिनेमा ‘चौका दाउ’ र लभस्टोरी कथामा बनेको सिनेमा ‘ब्रेकअप’ यो मितिमा प्रदर्शन हुँदैछन् । 

अब, एउटै मितिमा ३ वटा सिनेमा भिड्ने भएका छन् । यी तीनवटा सिनेमा मध्ये कसले जित्ला दर्शकको मन  ? त्यसको लागि भने पौष २७ नै कुर्नुपर्ने देखिन्छ ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस