Tuesday, 26 Oct
01:00:00

यो चैँ कस्ले खाको बिल ल्याउनुभएको त..???

2018/11/06   Rabindra


एकदिनको कुरा हो मुन्द्रे बाटोमा यताउता हेर्दै आफ्नै तालमा हिँडिरहेको थियो ।त्यतीकैमा उसको

आँखा एउटा निकै पुरानो होटलको पोष्टरमा पर्यो...जहाँ लेखिएको थियो..."आउनुहोस् टन्न

खानुहोस....हामी तपाईले खाएको खानेकुराको पैसा तपाईको नाती नातीना सँग लिनेछौँ.."


त्यो देखेर मुन्द्रे हत्तनपत्त होटल भित्र पस्यो अनी मिठा मिठा खानेकुरा अडर गरेर गमगम खान

थाल्यो...अनी केहिबेर पछि मुन्द्रे भएको ठाउँमा त्याहाँको वेटर आयो अनी भन्यो..


वेटरः(चार हजारको बिल मुन्द्रेलाई देखाउँदै)ल यो बिल तपाईले तिर्नुस...


मुन्द्रेः(अचम्म मान्दै)के रे बिल तिर्ने रे...याहाँ त लेख्या छ कि तपाईले खाएको खानेकुराको पैसा तपाईको

नाती नातीना सँग लिनेछौँ..अनी किन तिर्नु मैले बिल...मेरा नाती नातीनाले तिरी हाल्छन् नी .......


वेटरः(नम्र हुँदै)हो हजुर तपाईले ठिक भन्नुभयो...हामी तपाईले खाएको पैसा तपाईको नाती नातीना सँगै लिन्छौँ....


मुन्द्रेः(विचैमा कुरा काट्दै)अनी फेरी यो बिल चैँ कस्ले खाको बिल ल्याउनुभएको त..???


वेटरः(मुसुक्क हाँस्दै)यो  चैँ तपाईको हजुरबुबाले खानु भएको खानेकुराको बिल हो...ल तिनुर्स त छिटो.....


त्यसपछि मुन्द्रे ट्वाँ............


............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस