प्रेमलीलाको तक्लु ब्युटी कन्टेस्ट

2018/11/06   gufgaf

गफगाफ -   माघ २५लाई आफ्नो प्रदर्शन मिती तय गरेको फिल्म प्रेमलीला ले आफ्नो प्रोमोसन सुरु गरेको छ । फिल्म प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण यूनिटले तक्लु ब्युटी कन्टेस्ट को आयोजाना गर्ने भएको छ । सुन्दरता आँखाको भ्रम हो । मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ । महिलाका लागि कपाल पक्कै प्यारो छ । कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । हामीले पनि बाहिरी सुन्दरतालाई नै महत्व दिएका छौँ । मैले पनि म तक्लु बन्दाको फरक पन र मानिसले महिलाको सुन्दरता हेर्ने नजरको महसुस गरेकी छुु, फिल्ममा तक्लु बनेकी फिल्मकी नायिका तथा निर्मात्री दीपशिखा खड्काले भनिन । त्यो अनुभव सबैसंग साट्नका लागि तक्लु ब्युटी कन्टेस्ट आयोजना गर्न लागेको हौँ उनको भनाइ थियो ।

प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज प्रेम लीला  (prem leela-the movie,www.facebook.com/premleela ) लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १०लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५०,००० दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

दीपशिखा खड्काकै कथा रहेको फिल्ममा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस