Tuesday, 26 Oct
01:00:00

पुनमको फिल्ममा साम्राज्ञी

2018/11/06   gufgaf

गफगाफ - पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । इन्टरटेनमेन्टकी प्रमुख तथा निर्माता पुनम गौतम क्षेत्रीले आफ्नो नयाँ फिल्ममा साम्राज्ञीलाई अनुबन्ध गरेको पुष्टि गरिन् । ‘पटकथाको पहिलो ड्राफ्ट तयार भएदेखि नै साम्राज्ञी हाम्रो पहिलो रोजाइमा थिइन् । अन्ततः हामी एक अर्कासँग काम गर्न तयार भएका छौं,‘ उनले भनिन्, ‘एउटा सुन्दर फिल्म बनाउने हाम्रो अभिलाषा साम्राज्ञीको आगमनसँगै झन् मजबुत भएको अनभूति भएको छ ।’

नायिका साम्राज्ञीले पनि फिल्मको कथा रोचक लागेकोले अभिनयका लागि राजी भएको बताइन् । ‘इन्टु मिन्टु लन्डनमा पछि जति पनि कथा सुनिरहेकी थिएँ त्यसमा यो फिल्मको कथा बिल्कुलै फरक छ । कथासँगै निर्माण टिम पनि राम्रो लागेकाले यो फिल्म गर्न राजी भएकी हुँ,’साम्राज्ञीले भनिन् ।फिल्ममा साम्राज्ञीको आगमनसँगै मुख्य भूमिकामा अभिनय गर्ने कलाकारको टुंगो लागेको निर्माता गौतमले बताइन् । फिल्ममा यसअघि नै पुष्प खड्का र रेबिका गुरुङ फाइनल छन् । 

माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने फिल्मको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । बाँकी कलाकार र नामऔपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ । 
गोविन्द फुयाँलको लेखन रहेको फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । फिल्मको छायाँकारको रुपमा पनि सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस