रेडियो अडियो

कमलाको मोहनी लाएको शिशिर र अमृता

2018/11/06   Gufgaf

सञ्चारकर्मी तथा कलाकार सन्तोष खनालको निर्देशनमा मोहनी लाएको बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार युट्युब च्यानल नयाँ नयाँ न्युज नेपालमार्फत गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र सञ्चारकर्मीसँगै थिएटर आर्टिष्ट समेत रहेकी अमृता खनालले अभिनय गरेका छन् ।

बुद्ध थापाको टिमले यस भिडियोको छायाकंन गरेको हो भने संजीप श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् । दुर्गालाल श्रेष्ठका शब्दहरुमा न्ह्यु बज्राचार्यको संगीत रहेको छ भने कमला श्रेष्ठले गीतमा आवाज दिएकी छिन् । कमला श्रेष्ठ त्यस्तो गायिकामा पर्छिन् जसले शारीरिक रुपमा अशक्त भएर पनि असम्भव भन्ने केही छैन भन्ने प्रमाणित गरिदिएकी छिन् । कमला नेपाली समाजको लागि एउटा उदाहरण बनेकी छिन् ।

१२ वर्षको उमेरमा भाईसँग घरको छतमा चङगा उडाउँदै गर्दा त्यो चङगा गएर बिजुलीको पोलमा अड्कियो । त्यो चङगा झिक्न उनले फलामे छडको प्रयोग गरिन् । तर त्यो छडले चङगा झिकेन उनको जिन्दगीको खुशी र शारीरिक सक्षमता झिकिदियो । त्यस क्रममा करेन्ट लागेर उनले दुवै हात र एउटा खु्टा गुमाईन् । यो दुर्घएटना भएको २० वर्ष पुगिसकेको छ । हाल उनी कृत्रिम हात र खुट्टाको शाहारामा अघि बढेकी छिन् ।

दुवै हात र एउटा खुट्टा नभएपनि कमलालाई परिवारको साथ मिल्यो जुन साथले उनले आफ्नो करिअरलाई अगाडि बढाईन् । गायनमा सक्रिय कमलाले एकताका हिमालय टेलिभिजनमा समाचार समेत बाचन गर्थिन् । हाल उनी गायिकासँगै समाजसेवीको रुपमा अघि बढेकी छिन् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस