रेडियो अडियो

आमिरले भने — पहिलो श्रीमतीसँग अलग हुँदा धेरै पीडा भयो 

2018/11/06   Gufgaf

बलिवुड अभिनेता आमिर खान यतिबेला आगामी सिनेमा ठग्स अफ हिन्दोस्तानको प्रमोशनमा व्यस्त छन् । यहि क्रममा कफि विद करण सिजन ६ मा पुगेका आमिरले आफ्ना केही निजि कुराहरु पनि  सेयर गरेका छन् । आमिरले दुईवटा विवाह गरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथै उनले कफि विद करणमा आफूले एक साथ दुईजनालाई डेट गरेको कुरा पनि स्विकारेका छन् । आमिरले एकै समयमा कस—कसलाई डेट गरेका थिए त्यस बारेमा भने खुलाएनन् । 

यसका साथै उनले कसैलाई धोका दिनु भएको छ ? भन्ने प्रश्नको जवाफमा धोका दिएको स्विकारे । कार्यक्रममा कुराकानी गर्ने क्रममा उनले आफ्नो पहिलो श्रीमती रीना दत्तासँगको सम्बन्धको बारेमा पनि कुराकानी गरे । कुराकानी गर्दै उनले रीनासँग अलग हुँदाको पल निकै नै पीडादायक भएको बताए । आमिरको पहिलो विवाह १६ वर्षसम्म मात्रै टिकेको थियो । त्यसपछि उनले रीनालाई डिभोर्स दिएर किरण रावसँग विवाह गरेका थिए । 


किरणसँग विवाह गर्न उनले रीनालाई डिभोर्स दिए तर उनी त्यो पलमा खुशी भने नभएको बताएका छन् । 
उनले त्यो पल आफ्नो र रीनाको लागि मात्रै नभयर परिवारको लागि समेत दर्दनाक अवस्था भएको बताएका छन् । कार्यक्रममा अगाडि बोल्दै उनले आफू रीनासँग अलग भएपनि उनीप्रति आफ्नो माया र ईज्जत नसकिएको बताएका छन् । रीनालाई एक असल नारी बताउँदै उनले रीनासँग विताएका ती १६ वर्ष निकै नै विशेष र रमाईलो भएको उल्लेख गरे ।

सन् १९८६ रीनासँग भएको उनको विवाह सन् २००२ मा टुंगिएको थियो । सन् २००२ मा रीनालाई डिभोर्स दिएका आमिरले सन् २००५ मा किरणसँग विवाह गरेका थिए । किरण र आमिरका एक छोरा छन् । 

आमिरकी दोस्रो श्रीमती किरण र पहिलो पत्नी रीना बीच राम्रो सम्बन्ध छ । यस विषयमा उनले रीना र किरणको सम्बन्धको लागि कहिल्यै पनि आफूले कोशिस गर्नु नपरेको बताए ।  उनीहरु दुवै जनाले सम्बन्धलाई राम्रो बनाईरहेका छन् ।  


आमिरको पहिलो विवाहबाट एक छोरा र एक छोरी छन् । उनीहरु दुवै जना सिनेमामा आउन चाहन्छन् ।  छोरा  जुनैद अभिनयसँगै निर्देशन र  फिल्म मेकिङमा रुचि राख्छन् ।  तर आमिरले भने छोरालाई आफ्नो सहारा लिएर हैन की आफ्नै बलबुतोका अघि बढ्नु पर्ने सुझाव दिँदै आएका छन् । त्यस्तै आमिरकी छोरी ईरा पनि अभिनयमा रुचि राख्छिन् । 


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस