Tuesday, 26 Oct
01:00:00

प्रेमराजको निर्देशनमा तिहार गीत मलाई ठुलो साथीभाईु, हेर्नुस कति राम्रो (भिडियो)

2018/11/06   gufgaf

गफगाफ -  नेपालीहरुको महान चाड मध्येको एक चाड तिहारको रन्कोले सबैलाई छोई सकेको छ । तिहारको माहोल बढेसंगै गाउँघर, शहर बजारमा   झिलीमिली छाई सकेको छ । परदेसी नेपालि दाजु९भाई,दिदी९बैनी घर फर्किने क्रम पनि बढ्दो रहेको छ । बजारका पसलहरुमा किनमेल गर्नेको घुइचो पनि बाक्लै देखिन थालिसकेको छ । टेलिभिजन तथा युटुबहरुमा तिहारका गीतहरु पनि आउन तथा बज्न थालिसकेको छ ।

तिहारको रौनक बढीरहदा संचारकर्मी एबम कलाकार प्रेमराज लामिछानेको निर्देशनमा रहेको मलाई ठुलो साथीभाईु बोलको तिहारको गीत सार्बजनिक भएको छ । निकै राम्रो अनि मौलिक खालको बनेको गीतमा गाउँघरको झल्को दिने खालको संस्कृतिलाई देखाउन खोजिएको छ । गाउँघरमा सबै जना जम्मा भएर दुख सुखको कुरा गर्दाको झल्को दिने खालको बनेको गीतको भिडियोमा भैली समुह एकली दाङका कलाकार समूहको अभिनय तथा नृत्य रहेको छ । 

गोबिन्द मधुरु आचार्यको शब्द तथा आवाज रहेको गीतमा तिहार पर्वको मर्म तथा महत्वलाई देखाउन खोजिएको छ । गीतमा भीमसेन कल्याल ठकुरीको छायांकन तथा सम्पादन रहेको छ । निकै मिठो बनेको गीतको भिडियो हेर्दा गाँउघर पुराना यादहरु ताजा भएको महसुस हुन्छ । निकै राम्रो प्रतिक्रिया पाई रहेको गीतले नेपाली समाजलाई राम्रो संदेश समेत दिएको छ । बाँकी भिडियो हेर्नुस

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस