कवि मिलनको निर्देशनमा “चट्ट दिदी नाँचिदेऊ छमछमी”

2018/11/06   gufgaf

गफगाफ -  नेपाली हरुको दोस्रो ठुलो पर्व तिहारले छपक्कै छोपि सकेको छ । चेली र माइतीको सम्वन्धलाई प्रगाढ बनाउने पर्वका रुपमा पनि तिहारलाई मान्ने गरिन्छ । अझ रमाइलो पक्ष के छ भने यस पर्वमा देउसी तथा भइलो खेलेर रमाइलो गरिन्छ जसका कारण पनि चाडलाई विशेष बनाउने गर्दछ । तिहारमा खेलिने देउसी तथा भइलो सम्वन्धी गीत संगीत पनि बजारमा आउने गरेका छन् । यसै चाडलाई केन्द्रित गर्दै तिहार विशेष भइलो गीत “चट्ट दिदी नाँचिदेऊ छमछमी” युट्युब मार्फत सार्वजनिक भएको छ ।

कृष्ण उदाशीले रचना गरेको उक्त गीतमा मेलिना राई र माँया गजुरेलको स्वर सुन्न सकिन्छ । गीतलाई पुर्वै रमाइलो बोलको गीतबाट चर्चा कमाएका गायक तथा संगीतकार गौरभ दर्पणले संगीत गरेका छन् । नोर्बु शेर्पाको संगीत संयोजन रहेको गीतको भिडियोको मुख्य भूमिकामा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठलाई फिचर गरिएको छ । उक्त गीतलाई कवि मिलनले निकै उत्कृष्ठ कोरियोग्राफी गरेका छन् भने गीतको निर्देशन पनि कवि मिलनकै रहेको छ । भिडियो मोरङको उर्लाबारीमा सुटिङ गरिएको हो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस