मुन्द्रेको कमेडी क्लबलाई युटुबमा भरपुर साथ

2018/11/08   gufgaf

गफगाफ - जीतु नेपाल मुन्द्रेले सुरु गरेको मुन्द्रेको कमडी क्लबलाई दर्शकले युटुवमा अत्यन्तै रुचाएका छन् । तिहारकै छेको मा अर्थात कार्तिक १९ गते बाट सुरु भएको उक्त कार्यक्रम युटुवमा ट्रेन्डिङ १ सम्म पुग्न सफल भएको छ ।  पहिलो एपिसोड बाट नै दर्शकले मलाई यति धेरै हौसला प्रधान गरिदिनु भयो यसले मलाई अझ धेरै उर्जा मिलेको छ । सुधार गर्नु पर्ने टिप्पर्णी  पनि आइरहेका छन् । सुझवहरुलाई मध्यनजर गर्दै अघि बढ्ने छु जीतु नेपाल मुन्द्रेले भने । 

मैले यस्तो खालको कार्यक्रम ३ वर्ष अगाडी नै गर्ने तयारी गरेको थिए । तर विभिन्न कारणहरुले गर्दा त्यस समय सुरु गर्न सकिन तर ढिलै भए पनि कार्यक्र सुरु गरेको छु र दर्शकले पनि अत्यन्तै साथ दिनु भएको छ । यो साथका निम्ति सबै प्रति आभार प्रकट गर्छु मुन्द्रेको भनाई थियो । १९ गते बाट सुरु भएको मुन्र्देको कमेडि क्लवको अध्यक्षका रुपमा दिपाश्री निरौलालाई प्रस्तुत गरिएको छ । कार्यक्रमका विच चिचमा राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राईको कमेडि प्रस्तुतीका कारण कार्यक्र निकै रोचक बनेको छ ।

पहिलो एपिसोडमा अतिथिका रुपमा छक्का पञ्जा ३ का निर्माता तथा कलाकार दिपकराज गिरी प्रस्तुत भएका छन् । सानो पर्दाका टेलिचलचित्रहरु विमान चालक, हिजो आजका कुरा,ट्वाक्क टुक्क हुदै गिताञ्जली पछि उनले जिरे खुर्सानीमा फड्को मारे ।  नेपाल टेलिभिजनमा प्रसारण हुने हास्य टेलिचलचित्र जिरे खुर्सानी बाट उनि कलाकार,लेखक,निर्देशक मात्र बनेनन्, मुन्द्रेको नामले दर्शकको मन मश्तिष्कमा बस्न सफल भए । हाल जिरे खुर्सानी बन्द भइसकेको छ । तर हास्य कलाकार जितु नेपाल भने दर्शकको नजर बाट टाढा भने हुन सकेका छैनन्  । भर्खरै सुरु भएको मुन्द्रेको कमेडी क्लव बाट मुन्दे्र अझ धेरै दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका छन् । कार्यक्रममा जितु नेपाल सगै दिपाश्री निरौला,राजाराम पौडेल, राजेन्द्र नेपाली,उमेश राई लगायत अन्य धेरै हास्य कलाकारहरुको जम्काभेट हुने छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस