रेडियो अडियो

दाल भात तरकारीबाट स्वस्तिमा आउट आँचल इन

2018/11/11   gufgaf

गफगाफ - मह जोडीले निर्माण गर्न लागेको चलचित्र दाल भात तरकारी बाट नायिका स्वस्तिमा खड्का आउट भएको खवर बाहिरिएको छ । चलचित्रका निम्ति अन्य सबै कलाकारहरु भन्दा पहिले नै नायिका खड्का अनुवन्धित भएकी थिइन् । तर चलचित्र छायंकनको अन्तिम तयारीमा रहेका बेल उनि यस चलचित्रबाट टाढिएकी हुन् । उनले अन्तिम समयमा आएर यस्तो निर्णय लिए पछि चलचित्र युनिट पनि अचम्ममा परेको छ । चलचित्रका निर्माता किरण केसीका अनुसार उनले समय अभाव भएको बताउदै चलचित्रबाट हात झिकेकी हुन् । 

यता चलचित्र युनिटले पनि स्वस्तिमा टाढा भएको केहि समयमै अर्की नायिकाले पकाम गर्ने पक्का भएको बताएको छ । चलचित्रका निम्ति नयिका आँचल शर्मा फाइनल भइसकेको बुझिएको छ । यस अघि स्वस्तिमालाई दिइएको भुमिका अव आँचल शर्माले निर्वाह गर्ने छिन् । यस अघि सोहि व्यानरमा निर्माण भएको चलचित्र सत्रु गतेमा पनि नायिका आँचल शर्माले नै अभिनयय गरेकी थिइन् । चलचित्रमा हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ सगै निरुता सिंह,प्रियंका कार्की,वर्षा राउत, पुष्पल खड्का लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रको निर्देशन सुदन केसीले गर्न लागेका हुन् । चलचित्रको छायंकन मंसीर १ गतेबाट सुरु गर्ने तयारी भइरहेको बताइएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस