Tuesday, 26 Oct
01:00:00

छक्का पञ्जा ३ ले अमेरिकामा पनि रच्यो इतिहास

2018/11/12   gufgaf

गफगाफ - नेपाली चलचित्र इतिहासमै सबै भन्दा धेरै व्यापार गर्न सफल चलचित्र हो छक्का पञ्जा ३ ।  इतिहासमै नभएको रेकर्ड बनाउदै नेपाली चलचित्र हलहरुमा अहिले पनि चलचित्र छक्कापञ्जा ३ प्रदर्शन भइरहेको छ । नेपाल सगै विदेशी बजारमा पनि चलचित्र प्रदर्शन भइरहेको छ । यसै विच चलचित्र छक्का पञ्जा ३ ले अमेरिकामा पनि ऐतिहाशिक रेकर्ड कायम गर्न सफल भएको छ । चलचित्रले अमेरिकामा पनि अत्याधिक सफलता हात पारिरहेको बताइएको छ ।

नेपालको सफल प्रदर्शन सगै अमेरिकामा पनि चलचित्र छक्का पञ्जा ३ बिगत एक महिनादेखि लगातार चलिरहेको छ । अमेरिकाको डालस टेक्सासमा अहिलेसम्म ६४ सोज भन्दा माथि प्रदर्शन भएको बुझिएको छ । डालस टेक्सासमा यसअघि कुनै पनि नेपाली चलचित्रहरुले सफल प्रदर्शन गर्न नसकेको डालसका लागि अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मसले  बताएको छ । चलचित्र छक्का पञ्जा ३ ले नेपालका सरकारी विध्यालयमा हुने राजनिति र त्यसले पुर्याएको असरलाई आर्कषक ढंगबाट प्रस्तुत गरेको छ ।

पहिले यस व्यानरबाट निर्माण भएका चलचित्रहरुले कुनै शन्देश दिन नसकेको आरोप लाग्ने गरेको थियो  तर यस पटक भने चलचित्रले चौतर्फी प्रसंशा पाइरहेको छ । नेपालको घरेलु बजारको व्यापारलाई हेर्ने हो भने हाल सम्ममा चलचित्रले १८ करोड भन्दा माथि कलेक्सन गर्न सफल भएको बताइएको छ । जुन नेपचली चलचित्र इतिहासकै सबै भन्दा धेरै हो  । दीपाश्री निरौलाको निर्देशनमा निर्माण चएको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसाई, निर शाह लगायतका कलाकारहरुको  मुख्य भूमिका रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस