प्रियंकाले चौथो ट्याटुमा खोपाईन् आयुष्मान र आफ्नो नाम

2018/09/10   Tek

अभिनेत्री प्रियंका कार्कीले केही दिन अघि मात्रै प्रेमी आयुष्मान देशराज जोशीसँग ईन्गेजमेन्ट गरेर आफ्नो सम्बन्धलाई अर्को लेभलमा पुर्याएकी छिन् । हतारमा ईन्गेजमेन्ट गरेर चर्चाकी आएकी प्रियंका त्यसको केही दिन पछि सार्वजनिक भएको गीतमा दिएको भल्गर सिनका कारण पनि चर्चा र विवादमा आईन् । यो गीतमा प्रियंकाले अभिनेता प्रमोद अग्रहरीसँग भल्गर बेड सिन दिएकी छिन् जुन नेपाली समाजमा सहजै पच्ने खालको छैन ।

यसले आयुष्मान र प्रियंकाको सम्वन्धमा समेत असर पर्नसक्ने भनेर आलोचना भैरहेको छ । यो गीत विवादमा आएपछि केही दिन अघि मात्रै आयुष्मानलाई धेरै नै सम्झेको भन्दै प्रियंकाले सामाजिक सञ्जालमा एक पोष्ट पनि सेयर गरेकी थिईन् ।
तर, यस पटक भने प्रियंकाले अमेरिकाबाटै आयुष्मान र आफ्ना फ्यानलाई सरप्राइज दिएकी छिन् । इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले आफूहरुको संयुक्त नाम ‘आयांक’ राखेका छन् । यहि नाममा प्रियंकाले आफ्नो गर्दनमा ट्याटु खोपाएकी छिन् ।


यो प्रियंकाको शरिरमा खोपिएको चौथो ट्याटु हो । यस अघि नै शरीरमा तीनवटा ट्याटु खोपाएकी प्रियंकाले चौथो ट्याटु आफ्नो र आयुष्मानको नाममा खोपाएकी छिन् ।


उनले ट्याटु शो गरेको एक तस्बिर सेयर गर्दै सधैभरीको माया भनेर क्याप्सन लेखेकी छिन् ।
यस अघि प्रियंकाले दाहिने खुट्टामा एउटा ट्याटु खोपाएकी छिन् ।

त्यस्तै उनको ढाडमा एउटा ट्याटु छ भने दाहिने स्तनको तल पट्टि पनि प्रियंकाले ट्याटु खोपाईसकेकी छिन् । ट्याटु सौखिन प्रियंकाले अहिले आफ्नो र आयुष्मानको सम्बन्ध प्रगाढ रहेको कुरा देखाउनको लागि चौथो ट्याटु खोपेको बुझ्न सकिन्छ ।

थप रमाईलोको लागि भिडियो हेर्नुहोस्


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस