रेडियो अडियो

आकाशले छाडे ‘बिर बिक्रम २’ उनको स्थानमा पल

2018/11/12   gufgaf

गफगाफ -  नायक आकाश श्रेष्ठ चलचित्र ‘बिर बिक्रम २’ मा फाइनल भइसकेका थिए । चलचित्रको छायंकन आजबाट नै सुरु गर्ने तयारी थियो तर अन्तिम समयमा आएर आकाश श्रेष्ठले चलचित्र ‘बिर बिक्रम २’ बाट हात झिकेका छन् । उनले आफ्ना हजुर बुवा बिरामी भएको बताउदै चलचित्रमा समय दिन नसक्ने बताएका हुन् । अचानक हजुरवुवा विरामी पर्नु भएर उपचारमा आफुले समय दिनु पर्ने भएकोले चलचित्र छाड्नु परेको उनले फेसबुक मार्फत उल्लेख गरेका हुन् । उनले आफ्नो फेसवुकमा स्टाटस लेख्दै चलचित्र युनिट सँग क्षमा समेत मागेका छन् ।

उनले फेसबुकमा लेखेका छन् “सबै भन्दा पहिला त क्षमा प्रार्थि छु । मैले खेल्ने भनिएको चलचित्र बिर बिक्रम म मेरो हजुर बुबा बिरामि भएको हुदा उहाको उपचारमा समय दिनु पर्ने कारण ले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु । मिलन दाई संग काम गर्न पाउनु मेरो लागि ठुलो सौभाग्य थियो र खुसि पनि थिए तर यो टिमलाई साथ दिन सकिन । म आवद्ध नभएपनि ’बिर बिक्रम २’ लाई सफलताको शुभकामना छ । आगामी दिनमा निर्देशक तथा निर्माता मिलन चाम्स दाईसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु । धन्यवाद ”

आकाशले काम नगर्ने भए पछि चलचित्रका ’बिर बिक्रम २’ मा नायक पल शाहाले काम गर्ने पक्का भएको छ । चलचित्रमा आकाशले गर्ने भनिएको भुमिका अब पल शाहाले गर्ने पक्का भएको हो । चलचित्रको छायंकन अबको केहि दिन भित्रमा नै गर्ने निर्माण युनिटले बताएको छ ।  चलचित्रमा आकाश श्रेष्ठलाई अनुवन्धित गर्नु अघि नै नायिका बर्षा सिवाकोटीलाई फाइनल गरिएको थियो  । नायक अनमोल केसी को समय नमिले पछी निर्देशक मिलन चाम्सले ‘विर विक्रम २’ मा आकाश श्रेष्ठलाई  अनुवन्धित गरेको बताइएको थियो । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस