रेडियो अडियो

हरिवंशको जन्मदिनमा दाल भात तरकारीको शुभमुहर्त

2018/11/13   gufgaf

गफगाफ - मह सञ्चारको निर्माणमा बन्न लागेको चलचित्र दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर मंगलबार कमलादीको गणेश मन्दिरको प्रांगणमा चलचित्रको शुभ मुर्हत गरिएको हो । मुहूर्त कार्यक्रममा चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलको समेत उपस्थिती रहेको थियो । उनि सगै चलचित्र निर्माण यूनिट चलचित्रका कलाकारहरुको समेत उपस्थिती रहेको थियो ।

चलचित्रको कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन भने किरण केसीका सुपुत्र सुदन केसीले गर्न लागेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहने छ । दिर्घ गुरुंगको छायाँकन रहने चलचित्र दालभात तरकारीमा कोरियोग्राफी कविराज गहतराजले गर्ने पक्का भइसकेको छ । चलचित्र २०७६ को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहने छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस