रेडियो अडियो

सुबोधको क्यारिकेचरलाई मदन कृष्णले गरे प्रसंसा

2018/11/13   gufgaf

गफगाफ - कसैले आफ्नै सामुन्नेमा आफ्नो क्यारिकेचर त्यो पनि जस्ता को तस्तै गर्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ । यस्तै अचम्ममा परे वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ,आफ्नै सामुन्नेमा त्यो पनि दुरुस्तै क्यारिकेचर गरेको देखेर । हरिवंश आचार्यको जन्मदिनको अवसरमा रेडियो अडियो द्धारा आयोजित विशेष कार्यक्रममा हास्य कलाकार सिताराम कट्टेल र सुबोध गौतमले हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको संवादमा क्यारिकेचर गरे ।  सुबोध गौतमले गरेको क्यारिकेचरमा उपस्थित सबै कलाकारहरुले पेट मिचि मिचि हासेका थिए ।

उनले हास्य कलाकार का साथै प्रधानमन्त्री लगायत अन्य विभिन्न राजनितिज्ञको क्यारिकेचर गरेका थिए । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले सुबोध गौतमले गरेको क्यारिकेचरको प्रशंसा गरेका थिए । उनले हरिवंशको दुरुस्तै क्यारिकेचर गर्ने मान्छे यस अघि पनि देखेको तर आफ्नो जस्ताको तस्तै क्यारिकेचर गर्ने मानिस पहिलो पटक देखेको बताएका थिए । कसैको आवाज जस्ताको तस्तै क्यारिकेचर गर्नु एउटा कला हो । पछिल्लो समय हास्य कलाकारिता क्षेत्रमा क्यारिकेचर निकै मौलाउदै गएको छ ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस