Tuesday, 26 Oct
01:00:00

अर्कैैलाई फाइनल भएका चलचित्र पल र आँचललाई, रुचाउलान त दर्शकले ?

2018/11/14   gufgaf

गफगाफ -  चलचित्र  जगतमा चर्चित नाम हुन आँचल शर्मा र पल शाह । बेला बेलामा चलचित्र बजारमा यो जोडी विभिन्न कारणले चर्चामा आउने गरेको छ । केहि समय अघि घुलमुलको चलचित्रमा अभिनय नगर्ने प्रतिकृया दिएका कारण आँचल शर्मा चर्चामा आएकी थिइन् । उनलाई चलचित्र नगरीकै केहि नायिकाहरुले व्यंग्य समेत गरेका थिए । कतिपय चलचित्र पण्डितहरुले पल र आँचल अफएयरमा रहेको अड्कलबाजी लगाउने गरेका छन् । अरुले जे जस्तो भने पनि उनिहरुले भने उक्त कुरालाई सार्वजनिक गरेका छैन् । चलचित्र नगरीमा यति बेला यि नै २ आँप जोडीको चर्चा भइरहेको छ । 

चर्चाको मुख्य कारण चलचित्र दाल भात तरकारी र विर विक्रम २ हुन् । चलचित्र दाल भात तरकारीमा नायिका स्वस्तिमा खड्का पहिले नै फाइनल भइसकेकी थिइन् । तर छायंकन सुरु हने अन्तिम समयमा आएर समय अभावको कारण देखाउदै स्वस्तिमाले चलचित्र बाट हात झिकिन । अन्त त नायिका स्वस्तिमाले गर्ने भनिएको रोल उनले हात झिके सगै आँचल शर्माले गर्ने पक्का भएको छ । उनि चलचित्रमा पुष्प खड्काको जोडीको रुपमा प्रस्तुत हुन लागेको बुभिएको छ । यता चलचित्र नगरीमा उनका प्रेमी भनेर चिनिएका नायक पल शाहको केशमा पनि सोहि कथा दोहोरिएको छ । चलचित्र विर बिक्रम २ का निम्ति सुरुमा नायक आकाश श्रेष्ठ फाइनल भएका थिए । 

तर उनले पनि छायंकन सुरुवातको अन्तिम समयमा आएर हजुरवुवा बिमारी भएका कारण समय दिन नसक्ने बताउदै चलचित्र बाट हात झिके । र  उनले निभाउने पक्का भइसकेको भुमिकामा अब भने पल शाहले काम गर्ने पक्का भइसकेको छ । अरुले नै काम गर्ने पक्का भएको भुमिकामा नै यि जोडि देखिदै छन् । उनिहरुलाई दर्शकले कत्तिको साथ दिन्छन त्यो भने समयले बताउने छ । हाम्रो तर्फबाट भने पल र आँचल दुबैलाई शुभकामना

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस