Tuesday, 26 Oct
01:00:00

चैत १५ मा रिलिज हुने भनिएको गोपी अब माघ १८ मै

2018/11/14   gufgaf

गफगाफ - यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म गोपी अब माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् । फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताए । आफ्नो पहिलो फिल्म घामपानीले जस्तै गोपीले दर्शकलाई सन्तुष्ट बनाउने दावी लामाको छ ।

गोपीलाई नेपालभर मनोठ राठी र उज्ज्वल पौडेलको वैंकेटस इन्टरटेनमेन्टले वितरण गर्नेछ । निर्माता मणिकर्ण केसी र वितरकका तर्पmबाट मनोज राठीले सोमबार वितरण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘फिल्मको रिलिजबारे विभिन्न मितिको अध्ययन गर्दा सबैभन्दा अनुकूल माघ १८ देखिएकोले पनि हाम्रो छनोटमा उक्त दिन परेको हो,’ निर्माता केसीले प्रष्ट्याए । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिना अवगत गराउँछन् ।

काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस