रेडियो अडियो

सरोज खनालको एक्टिङ स्कुलको उद्घाटन  मंसिर १ मा

2018/11/14   gufgaf

गफगाफ -   अभिनेता सरोज खनालले शुरु गरेको एक्टिङ स्कुलको उद्घाटन मंसिर १ गते गरिने भएको छ । दशैँ र तिहारको बीचमै उद्घाटन गर्ने तयारी भएपनि दशै र तिहार सकेपछि  यस स्कुलको उद्घाटन गर्न लागिएको हो । माला आर्टस एकेडेमी नाम राखिएको यो स्कुल दरमार्गस्थित बेन्ट्ले जुत्ता पसलको दोस्रो तलामा छ । मंसिर १ गते उद्घाटना गरेसँगै अभिनय कोर्षको शुरुवात हुने बुझिएको छ । एक्टिङ स्कुलको उद्घाटनमा सिनेमा क्षेत्रका सबै कलाकारहरुलाई निम्ता गर्ने सरोजको योजना छ । यहि योजना अनुरुप उनले सबैलाई कार्डहरु पनि पठाईरहेका छन् ।

उद्घाटन कार्यक्रममा विशेष अतिथीको रुपमा कोही नतोकिएको भन्दै सरोजले अग्रजहरु सत्यमोहन जोशी र हरिहर शर्मालाई विशेष आसनको योजना गरिरहेको बताए ।  माला आर्टस एकेडेमी सञ्चालनमा ल्याउन ५० लाखको लगानी लागेको सरोजले बताएका छन् । यस स्कुलमा सरोज खनालका साथै चन्द्र माला शर्मा, विरेन्द्र हमाल, सूर्य माला खनाल लगायतको पनि सहकार्य रहेको बुझिएको छ । भर्ना खुल्ला भइसकेको एकेडेमीमा कलाकार बन्नका लागि आवश्यक पर्ने कोर्षको प्रशिक्षण दिइने कलाकार विरेन्द्र हमालले जानकारी दिए । तीन महिने कोर्षका लागि प्रति महिना २० हजार शुल्क तोकिएको छ ।

एउटा कोर्ष पुरा गर्न ३ महिना लाग्ने छ भने त्यसका निम्ति ६० हजार शुल्क लाग्ने छ । प्रशिक्षणमा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न अवसरहरु समेत दिइने छ । चलचित्र क्षेत्रमा लामो समय विताएका कलाकारहरु नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, सौगात मल्ल सगै सरोज खनाल स्वयमले आफ्नो अनुभव साट्नेछन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस