रेडियो अडियो

रणवीर- दीपिकाको विहेमा मोबाईल निषेध 

2018/11/14   Gufgaf

अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको आज ईटालीको लेक कोमामा कोंकणी रितिरिवाजबाट विवाह भईरहेको छ । दीपिका दक्षिण भारतीय  परिवारकी भएका कारण आज दीपिकाको परिवारको रितिरिवाज अनुसार भईरहेको छ । 
त्यस्तै भोलि अर्थात नोभेम्बर १५ मा सिंधी अर्थात रणवीरको परिवारको रितिरिवाज अनुसार विवाह गरिने भएको छ । यस हिसाबले रणवीर र दीपिकाले दुईपटक विवाह  गर्नेछन् ।

दीपिका र रणवीरको विवाहमा ३० देखि ४० जनासम्मलाई मात्र निम्ता दिईएको बुझिएको छ । चाख लाग्दो कुरा के छ भने यो विवाहमा बलिवुडबाट कोही पनि गएका छैनन् । अझ भनौँ ईटालीमा भईरहेको उनीहरुको विवाहमा बलिवुडबाट कसैलाई पनि बोलाईएको छैन । यस अघि भने उनीहरुले फराहा खान, शाहरुख खान र आदित्य चोपडालाई बोलाउने चर्चा थियो । तर उनीहरु प्नि दीपिका र रणवीरको विवाहमा गएका छैनन् । विवाहमा नबोलाएर पूरै बलिवुडलाई उनीहरुले एकैपटक रिसेप्शनमा बोलाउने योजना भएको हुनसक्ने धेरैको अनुमान छ ।

दीपिका र रणवीरको विवाहमा सुरक्षा गार्डको कडा व्यवस्था गरिएको छ । किनभने विवाहको तस्बिर लिक नहोस् भनेर उपस्थित अथितिहरुलाई समेत विवाहस्थल फोटो खिच्न अनुमति दिईएको छैन । मोबाईल साथमा राख्न पनि दिईएको छैन । मोबाईल साथमा नराख्दा पनि सेक्युरिटीलाई तस्बिर लिक हुने डर भएका कारण विवाहमा सहभागी हुन गएका पाहुनाहरुको मोबाईल क्यामेरामा स्टिकर चिप्काईएको छ । विवाहको तस्बिर सार्वजनिक नहोस् भनेर त्यहाँ खटिएका सुरक्षा गार्डलाई विशेष सचेत गराईएको छ ।  

मंगलबार मात्रै दीपिकाको मेहंदी र संगीतफंशन पछि गायिका हर्षदीप कौरले एउटा तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिईन् । तर हर्षदीपले पछि दीपिका र रणवीरको अनुरोधमा उक्त तस्बिर डिलिट गर्नुपर्यो । आज वैवाहिक बन्धनमा बाँधिन लागेका यी दुईले बुधबार मात्रै ईन्गेजमेन्ट गरेका हुन् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस