FRIDAY RELEASE: ‘जय शम्भु’ले थप्यो हल, हाउसफूल हुँदै ‘ब्ल्याक’

2018/09/10   Tek

यो शुक्रबार प्दर्शनमा आएका चार सिनेमा मरुध्ये सिनेमा जय शम्भु र ब्ल्याक, मिष्टर भजिर्नलाई दर्शकको साथ मिलेको छ । तुलनात्मक रुपमा हेर्ने हो भने सिनेमा जय शम्भु र ब्ल्याक कारोबारमा अघि रहेका छन् । शुक्रबार ओसत कारोबार गरेको ब्ल्याकले शनिबार आक्रामक कारोबार गरेको निर्मँता आश्मा पाण्डेले जानकाी दिईन् । शनिबार हाउसफूल भएका कारण आईतबार देखि सिनेमाले अझै राम्रो पिकअप लिने विश्वास उनले व्यक्त गरिन् । देशभरका ८० वटा हलमा यो सिनेमा प्रदर्शनमा आएको छ ।

black nepali film posterको लागि तस्बिर परिणाम
सिनेमा ब्ल्याकमार्फत पहिलो पटक बोल्ड अवतारमा प्रस्तुत भएकी अभिनेत्री आँचल शर्मा यो सिनेमा हेरेर दर्शकले दिएको प्रतिकृयाले निकै नै खुशी छन् ।
शर्माले दर्शकले आफुलाई नयाँ अवतारमा रुचाएको देखेर निकै नै खुशी मिलेको बताईन् । उता अभिनेता आकाश श्रेष्ठलाई पनि यो सिनेमाको कामले प्रशंसा मिलिरहेको छ । लगातार सकारात्मक भूमिकामा प्रस्तुत भईरहेका कलाकार आयुष रिजाललाई यसमा भिलेन बनेर पनि खुशी मिलेको छ ।

भिलेनको भूमिकामा उनलाई दर्शकले रुचाएका छन् । त्यस्तै यहि सिनेमासँगै प्रदर्शनमा आएको अर्को सिनेमा ‘जय शम्भु’लाई पनि दर्शकको साथ मिलेको छ । अझ दर्शककै माग र चाहनाका अनुसार सिनेमालाई शनिबार ठूलो पर्दामा सारिएको छ । शुक्रबार साना पार्दामा रिलिज गरिएको यस सिनेमालाई शनिबार बिहानै देखि ठूला पर्दामा सारिएको निर्माता दिनेश शाहीले दाबी गरेका छन् ।


‘जय शम्भु’ लाई राजधानीका गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायत हलहरुमा ठुलो स्क्रिन दिइएको हो ।
यस्तै मोफसलमा शनिबारदेखि नै २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले जानकारी दिएका छन् ।
सिंगल थियटरमा जय शम्भुलाई दर्शकले रुचाएका छन् भने मल्टिप्लेक्समा मिश्रित प्रतिक्रिया मिलिरहेको छ ।

सिंगल थियटरमा सिनेमाको अकुपेन्सी ८० प्रतिशत छ भने मल्टिप्लेक्समा ५० प्रतिशत । सिनेमाको कारोबार कति भयो त्यसको जानकारी भने मंगलबारसम्म बाहिरिने मिडिया कोअर्डिनेटर समिर बलामीले जानकारी दिए ।


एक्सन लभ स्टोरी जनराको यस सिनेमामा अनुपविक्रम शाही, प्रशान्त ताम्रकार र बर्षा शिवाकोटीको मुख्य भूमिकामा छन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।
उता सिनेमा मिस्टर भर्जिनलाई पनि दर्शकको औषत साथ मिलेको छ । सिनेमाको सुखद कारोबार र दर्शकको राम्रो प्रतिृकया पाएका कारण सिनेमाका कलाकार र निर्माण पक्ष पनि खुशी देखिएको छ । उता शुक्रबार नै प्रदर्शनमा आएको सिनेमा ‘बाह्र मासे’को कारोबार भने अन्य सिनेमाको तुलनामा सुस्त देखिएको छ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस