रेडियो अडियो

‘गङनम स्टाइल गायक पीएसवाई नेपाल आउँदै,  नेपाली कलाकारको पनि प्रस्तुती हुने

2018/11/14   gufgaf

गफगाफ -   रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइलका गायक पीएसवाई  अर्थात पार्क जेई साङ नेपाल आउने भएका छन् । नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । पीएसवाई विथ के पप लाइभ इन नेपाल नाम दिइएको उक्त कन्सर्ट डिसेम्बर १५ तारिकमा खुमलटार, सातदोबाटो स्थित रेडियो नेपालको ग्राउण्डमा हुनेछ । ५ घण्टासम्म चल्ने उक्त कन्सर्टमा नेपालको तर्फ बाट   दीपक बज्राचार्यसँगै हाँस्यकलाकार राजा राजेन्द्र पोखरेल, गायिका मिलन अमात्य, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी लगायतले प्रस्तुती दिनेछन् ।

कन्सर्टमा गायक बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्ड सहितको प्रस्तुती दिनेछन् । त्यस्तै दीपकको ब्याण्डसँगै कोरियाका अन्य विभिन्न चर्चित ब्याण्डले आफ्नो प्रस्तुती राख्नेछन् जसमा बिएपी, एसएफ नाइन, एओए, मोमोल्यान्ड, बेरी गुड, बड्किज ब्याण्ड छन् । पीएसवाई दक्षिण कोरियाका गायक, र्यापर र रचनाकार हुन् । पिएसवाई कोरियामा कमेडी स्टेज प्रस्तुती र भिडियोबाट चर्चित छन् । उनलाई अन्तरािष्ट्रय स्तरमा चिनाउने भने गङनम स्टाइल गीत हो ।

१५ जुलाई २०१२ मा सार्वजनिक भएको उक्त गीतको भिडियो २१ डिसेम्बर २०१२ सम्म यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज पाउने गीत बनेको थियो । गीतको भ्युजसँगै उनी पनि संसारभर चिनिएका हुन् ।अहिलेसम्म यो गीतलाई ३ अर्ब भन्दा बढी पटक हेरिसकएको छ । यो गीत चर्चामा आएको समयमा विश्व प्रसिद्ध राजनीतिज्ञहरुले समेत गङनम स्टाइलमा डान्स गर्ने प्रयास गरेका थिए ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस