Tuesday, 26 Oct
01:00:00

दाल भात तरकारीमा निरुताको मुख्य भुमिका छ —किरण केसी

2018/11/15   gufgaf

गफगाफ -  मह सञ्चारको निर्माणमा बन्न लागेको चलचित्र दाल भात तरकारीको छायंकन मंसीर १ गते बाट हुदै छ । चलचित्रको शुभ मुहर्त भने भइसकेको छ । चलचित्रमा अभिनय गर्नका निम्ति भारतमा बस्दै आएकी नायिका निरुता सिंह नेपाल आएकी छिन् । केहि समय अघि चलचित्र नाइ नभन्नु ल ५ मा अभिनय गरेकी निरुताले दाल भात तरकारी भन्दा अघि अभिनेता प्रदिप खड्काको चलचित्र लभस्टेसनमा गर्ने भनिएको थियो । तर छायंकन सुरुवातको अन्तिम समयमा बाबा बिरामी भएको र अफुले समय दिन पर्ने बताउदै चलचित्र बाट हात झिकेकी थिइन् ।

चलचित्र दाल भात तरकारीमा भने उनि बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको जोडीका रुपमा प्रस्तुत हुने बताइएको छ ।  मह सञ्चार सँग उनि यस चलचित्र तँ त सारै बिग्रिस नि बद्रिमा पनि देखिने कुरा भएको थियो तर अन्त त त्यो सफल हुन सकेन । ढिलै भए पनि महजोडीको साथमा काम गर्ने अवसर जुरेको छ यस कुराले अफु निकै खुशी भएको नयिका निरुताको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न चलचित्रका निर्माता किरण केसी र निर्देशक सुदन केसी गएका थिए ।

निरुता मात्र नभएर निरुताको परिवार नै मह जोडीको फ्यान भएको र आफ चलचित्रमा हरिवंश जस्तो महान कलाकारको जोडीका रुपमा देखिन पाउदा निकै उत्साहित भएको उनको भनाई छ । उनलाई स्वगत गर्न पुगेका चलचित्रका निर्माता किरण केसीले निरुताको वरीपरी नै चलचित्रको कथा घुम्ने हुदा चलचित्रका मुख्य कलाकार  मध्यको एक निरुता भएको बताए । चलचित्रको कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशक भने किरण केसीका सुपुत्र हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहने छ ।

दिर्घ गुरुंगको छायाँकन रहने चलचित्र दालभात तरकारीमा कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् । चलचित्र २०७६ को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा,विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहने छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस