Tuesday, 26 Oct
01:00:00

नेपालको प्रदर्शन अगाबै “प्रसद” को अन्तराष्ट्रिय व्यापार

2018/11/15   gufgaf

गफगाफ -  यहि मङ्सिर २१ बाट अल नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो ‘प्रसाद’ । चलचित्रमा निस्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।  चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र सोहि कारण आइ परेका विभिन्न उतार चडापहरुको कथा प्रस्तुत गरेको छ । चलचित्रमा समाबेश दुइ गीत ए लै लै र बनकी चरी के भन्छे बोलका गीतहरुलाई दर्शकले रुचाएका छन् । ट्रेलर सार्वजनिक भए सगै चलचित्रको चर्चा व्यापक बनेको छ । 

नेपालमा प्रदर्शन हुन अगावै चलचित्र प्रसादले अन्तराष्ट्रिय व्यापार सुरु गरेको छ । चलचित्र हाल सम्ममा विभिन्न ५ देशमा बिक्रि भैसकेको छ । अस्ट्रेलिया, स्पेन, फिनल्याण्ड, युके र युएइमा  चलचित्र विक्री भै सकेको बताइएको छ । जापान, कोरिया, अमेरिका लगायतका अन्य केहि देशहरुमा चलचित्र बिक्रिका निम्ति कुरा भइरहेको निर्देशक दिनेश राउतले बताए । “हामीले उठान गरको विषयबस्तुलाई विदेशमा निकै रुचाउनु भएको छ । चलचित्रको बैदेशिक व्यापारका निम्ति काथाबस्तु निकै महत्वपुर्ण हुने रहेछ” । निर्देशक राउतको भनाइ छ । 

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत  छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस