चर्चित संचारकर्मी थापा भन्छिन्–व्रत बसेर पति पाइँदैन (तीज गीतको भिडियोसहित)

गफगाफ-  काठमाडौ । नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीज आउन लागेपछि नेपाली संगीत क्षेत्र पनि चलायमान हुने गरेको छ। नयाँदेखि पुराना संगीतकर्मीहरुले तीजसँगै ऊर्जा प्राप्त गर्ने गरेका छन् । हरेक वर्षजस्तै वर्ष पनि तीज भाकाहरु गुन्जन सुरु भइसकेको छ। युट्युब च्यानलहरुमा अहिले तीज गीतको बाक्लो उपस्थिति बढ्दो छ। यसै पंक्तिमा चर्चित संचारकर्मी शारदा थापा पनि देखा परेकी छन् । संचारकर्मी थापा यो वर्ष ‘व्रत बसेर पति पाइँदैन’ बोलको गीतसहित सार्वजनिक भएकी हुन् । 

विगत वर्षहरुमा पनि तीज गीत लिएर आउने गरेकी थापा यसपटक स्वर र शब्दसहित देखा परेकी हुन् । शारदा थापाले यसपटक स्वर शब्द मात्र होइन युट्युब च्यानलसमेत आफ्नै लिएर आएकी हुन् ।  शनिवार शारदा थापाको आफ्नै युटुब्ब च्यानलबाट अपलोड भएको  गीतमा श्याम लिम्बूको संगीत रहेको छ भने भिडियोलाई स्वयं शारदाले निर्देशन गरेकी हुन ,।

प्रभास मगरको कोरियोग्राफी रहेको  गीतलाई सन्जिव पौडेलले छायांकन र सम्पादन गरेका हुन ।  पप आधुनिक गीतहरुमा स्वर दिइसकेकी शारदाको यो तेश्रो तीज गीत हो । 

नेपाली संचार जगतको सबै विद्या र समाचार बाचन, उद्घोषणमा ख्यति आर्जन गरिसकेकी थापाको यो तीज गीतमा उनी स्वर, शब्द, युट्युब च्यानल मात्र होइन निर्देशनमा समेत उपस्थिति जनाएकी छन् । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस