Tuesday, 26 Oct
01:00:00

छोरीलाई काली भन्दा भड्किए शाहरुख

2018/11/15   gufgaf

गफगाफ - शाहरुख खानकी छोरी सुहाना खान मिडियामा चर्चाको विषय बनेकी छिन् । बेलाबेलामा उनको भिडियो तथा तस्बिरहरु सामाजिक सञ्जालहरुमा भाइरल हुने गर्छ । छोरी सुहाना खानको बारेमा पिता शाहरुखलाई प्रश्न गर्दा शाहरुख भड्किएका छन् । 

शाहहरुख खान फेयरनेस क्रिमको एक कार्यक्रममा भारतीय मिडियाले शाहरुखका साथ उनकी छोरी काली रहेको बताएपछि शाहरुख भड्किएका हुन् । उनले मिडियालाई जवाफ दिँदै आफ्नी छोरी सुहाना काली भए पनि उनी संसारकै सबैभन्दा सुन्दर रहेको बताए । 

खानले भने ‘म इमान्दारीका साथ भन्दैछु की मेरी छोरी काली अवश्य छिन् । साथै उनी संसारकै सबैभन्दा सुन्दर छिन् । यस विषयमा कोही पनि म सँग कुरा गर्न सक्दैनन् ।’

खान यतिमै रोकिएनन् उनले भने ‘मानिसहरुको मनमा म प्रतिको इमान्दारीतालाई म महसुस गर्न सक्छु । मैले कहिले पनि कसैसँग बेइमानी गरेको छैन । म सँधै त्यही छु जे म वास्तवमा छु । न त म कहिले बेस्ट लुकिङ रहेँ, न म सबैभन्दा अग्लो छु, न मेरो शरिर सबै भन्दा राम्रो छ, न म राम्रो डान्सर हुँ, न मेरो कपाल सबैभन्दा सुन्दर छ, र म कुनै एक्टीङ स्कुलमा एक्टीङ सिकेर हिरो बन्न आएको होइन । म यी कुराहरुमा कसरी मानिसहरुका अगाडि झुटो बोल्न सक्छु । आज म जे छु मेरो क्षमताको बलमा छु ।’ 

शाहरुख खानका अगाडि छोरी सुहाना खानलाई काली भनेर गरिएको प्रश्नमा खानले मिडिया सामु रिसाउँदै छोरी सुहानाको कालो रंगको बारेमा खुलेर कुरा गरे । बलिउड फिल्ममा एन्ट्री नगरै चर्चामा रहेकी सुहाना खान बलिउड डेब्यू पश्चात दर्शकको मन जित्न सक्छिन की सक्दिनन् त्यो पछि नै थाहा हुनेछ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस