Tuesday, 26 Oct
01:00:00

सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो

2018/11/16   gufgaf

गफगाफ - पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको पर्खाईमा थिए । त्यो पर्खाईको घडी अब सकिएको छ । भर्खरै विवाह गरेका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको तस्बिर कतिबेला सार्वजनिक हुन्छ भनेर सबै पर्खाईमा थिए ।रणवीर सिंहले आफ्नो ट्विटर एकाउण्टमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । त्यस्तै दीपिकाले इन्स्टाग्राममा बिहेको तस्बिर सार्वजनिक गरेका छन् । रणवीरले सार्वजनिक गरेको फोटोमा रणवीर रातो शेरवानीमा छन् भने दीपिका रातै रंगको लेहंगामा छिन् ।

अर्को तस्बिरमा भने रणवीर सेतो शेरवानीमा छन् । यो तस्बिरमा रणवीर र दीपिका एकअर्कालाई हेर्दै हाँसिरहेका छन् । रणवीरले हातमा हार बोकेका छन् । रणवीर र दीपिकाको विवाह बुधबार इटालीमा भएको हो । इटालीको लेक कोमोमा दुवैको विवाह कोंकणी रीतिरिवाजअनुसार भएको हो ।  यो विवाहमा एकदमै नजिकका नातेदार र साथीहरुलाई मात्रै बोलाइएको थियो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस