Tuesday, 26 Oct
01:00:00

फ्राइडे रिलिज—दैलो,गुनगुन र अनुग्रह सगै हिन्दी चलचित्र पिहु एकै साथ प्रदर्शनमा 

2018/11/16   gufgaf

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत आज ३ चलचित्रहरु एकै साथ प्रदर्शनमा आएका छन् । यस्तै दशैको घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ ले पनि ३८ औ दिनमा प्रदर्शन सुरु गरेको छ । नेपालका कतिपय हलहरुमा अझै पनि चलचित्र छक्का पञ्जा ३ ले राम्रो व्यापार गरिरहेको बताइएको छ । यता आज बाट प्रदर्शनमा आएका ३ चलचित्रहरु हुन् दैलो,गुनगुन र अनुग्रह । यसै गरी आजै बाट हिन्दी चलचित्र पिहु पनि प्रदर्शनमा अएको छ । 

नेपाली चलचित्र दैलोमा समाजमा हुने गरका विभिन्न सामाजिक घटनाहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । उक्त चलचित्रमा अविभावकको सन्तान प्रतिको जिम्मेवारी, समाजमा कुरितीका रुपमा रहेको दाइजो प्रथा लगायतका कुराहरुलाई आकर्शक शैलीमा प्रस्तुत गरिएको छ ।  जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको छ । चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा उक्त चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईं लगायतको अभिनय रहेको छ । 
चलचित्र दैलो सगै आजै बाट अलनेपाल प्रदर्शनमा आएको चलचित्र हो गुनगुन । चलचित्र गुनगुन पुकार भट्टराईको निर्देशनमा तयार पारिएको हो । चलचित्र क्षेत्रमा लामो समय बिताए पनि पुकारले चलचित्र गुनगुन बाट निर्देशनमा डेव्यु गरेका हुन् । चलचित्र गुनगुनमा नायिका संचिता लुइटेल, सुवास मेचे, नविन श्रेष्ठ,रविन प्रताप सेन,देशभक्त खनाल,राधा दाहाल लगायत निर्देशक भट्टराइको समेत मुख्य अभिनय देख्न सकिन्छ । चलचित्रमा हिमाल केसीको द्धन्द र सौरभ लामाको छायांकन रहेको छ । चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् । चलचित्र प्राथना फिल्म्सको व्यानरमा निर्माण भएको हो ।

आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो अनुग्रह । अन्य २ चलचित्रको तुलनामा चलचित्र अनुग्रहको प्रचार प्रसार केहि कम भएको देखिन्छ । ‘अनुग्रह’ सामाजिक कथा बोकेको पारिवारिक चलचित्र हो । ले प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्रको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । निर्देशक कुमार केसी निर्देशित चलचित्रमा तन्नेरी प्रेमकथा र परिवारको मायाँ लाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा  सन्तोस खबासले निर्माण गरेको चलचित्रमा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको अभिनय रहेको छ । राजु दोङ्ग, ज्ञानेद्र गिरि र ड्रोकास बिश्वास चलचित्रको सह निर्माता हुन । चलचित्रमा विक्रम डीसीको छायांकन,तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको छ । चलचित्र लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको हो । 

आजै देखि बलिवुड चलचित्र पिहु पनि प्रदर्शनमा आएको छ । विनोद काप्रीको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा २ वर्षकी बालिका मायरा विश्वकर्मा मुख्य भूमिकामा छन् । यो चलचित्रलाई विानोदले सत्य घटनामा आधारित रहेर निर्माण गरेका हुन् । चलचित्रमा २ वर्षकी बालिका अर्थात पिहुले घरभित्रै फन्दामा परेपछि भोगेका कुराहरुलाई समेटिएको छ । समस्यामा परेकी २ वर्षकी बालिकाको आँट यो चलचित्रमा देखाईएको छ । यस चलचित्रमा मायारा सँगै  प्रेरणा शर्मा मुख्य भूमिकामा छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस