Tuesday, 26 Oct
01:00:00

फस्टलुकमा यस्तो देखिइन् ‘साँइली’ 

2018/11/16   gufgaf

गफगाफ -   चलचित्र ‘साँइली’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा चलचित्रकी नायिका मेनुका प्रधानलाई प्रस्तुत गरिएको  छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रलाई हेमन्त रानाको गीत ‘सुन साँइली’बाट नै राखिएको बताइएको छ । ‘सुन साँइली’ बोलको गीतलाई दर्शकले रुचाएका थिए । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर निर्माण गरेका हुन् ।
चलचित्रमा कालिप्रसाद बाँस्कोटा र सुशान्त गौतमको संगीत रहेको छ । चलचित्रको छायांकन शैलेन्द्र डी कार्कीले गरेका हुन भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र चैत्र १५ गतेबाट अल नेपाल प्रदर्शनमा आउने छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस