Tuesday, 26 Oct
01:00:00

विवाह पछिको दिपिकाको फिल्मी करियर

2018/11/16   gufgaf

गफगाफ - चलचित्र निर्देशक दिवाकर भट्टराइ र अभिनेत्री दीपिका प्रसाईले केहि समय अघिमात्र करिव ४ वर्ष लामो प्रेम सम्बन्ध पछि इन्गेजमेन्ट गरे । इन्गेजमेन्ट अघि नै उनिहरुले कोर्ट म्यारिज भने गरिसकेका थिए । चलचित्र नगरीमा आउन अघि नै यो जोडीले एक अर्कालाई चिनिसकेका थिए । इन्गेजमेन्ट पश्चात यो जोडी थाइल्याण्डमा हनिमुन मनाएर भर्खर मात्र नेपाल फर्किएको छ । चलचित्र नगरीमा त्यस्ता धेरै उदाहरणहरु छन् जो विवाह पश्चात चलचित्र नगरीबाटै बिलाएका छन् । धेरैले दिपिकालाई पनि सोहि नजरबाट हेरे । दिपिकाले पनि विवाह गरिन् कतै अब दिपिका पनि चलचित्र नगरीबाट हराउने पो हुन की ? 

विवाह गर्नासाथ दिपिकालाई झट्का पनि नलागेको हैन । सुरुवातमा पुनम इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा दिपिकाले काम गर्ने पक्का भएको थियो तर उनले निर्देशक दिवाकर भट्टराइ सँग टिकाटालो गरेको खवर बाहिरिना साथ उनको हातमा आएको चलचित्र खोसियो र सो चलचित्रमा अब नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने पक्का भइसकेको छ । उनले उक्त चलचित्रका निम्ति कागजी सम्झौता नै गरिसकेकी छिन् । 

दिपिका अभिनित चलचित्र छक्का पञ्जा ३ यतिबेला पनि चलिरहेको छ । चलचित्रले नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत विभिन्न रेकर्ड राखिरहेको छ । चलचित्र छक्का पञ्जा ३ युनिट सँग पनि दिपिकाको सम्वन्ध त्यति सुमधुर हुन सकेन । अब दिपिकाले के गर्छिन त ? धेरैको चासोको विषय बनिरहेको छ । दिवाकर र दीपिका पहिले देखि नै सँगै बस्तै आएका भए पनि विवाह भने आउदो वर्षमा गर्ने उनिहरुको योजना छ । सन्तानका विषयमा पनि अहिले केहि सोचि नसकेको नयिका दिपिका बताउछिन् । उनि ठट्टा गर्दै भन्छिन् “भर्खर त कसैकी श्रीमती बनेको छु पहिले यसको अनुभव राम्रो सँग लिउ, आमा बन्नका लागी त अझै धेरै समय छ नि ।” 

दिवाकरले निर्देशन गरेको चलचित्र क्याप्टेन प्रदर्शनमा आउन बाकी नै छ । त्यस पछि दिवाकारको निर्देशनमा बन्ने अर्को चलचित्रमा भने दिपिका नै नायिकाका रुपमा हुने बताइको छ । “अर्को प्रोजेक्टका निम्ति काम सुरु भइसकेको छ । अब दिपिकाले लिखित सम्झौता गर्न मात्र बाकी छ ।” निर्देशक भट्टराइको भनाई छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस