Tuesday, 26 Oct
01:00:00

आफूलाई लागेका आरोपमा पूजाको स्पष्टिकरण (भिडियोसहित)

2018/09/10   Tek

अभिनेत्री पूजा शर्मा पछिल्लो केही दिन देखि चर्चा र विवादमा आएकी छिन् । सिनेमा ‘रोज’ पूजाको ‘रामकहानी’सँग जुध्ने भएपछि उनले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखिन् । उनले स्ट्याटसमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई महिला भएर महिलाले बनाएको सिनेमासँग जुधाउने भन्दै आक्रोश पोखिन् । तर उनलाई यो स्ट्याटसले धेरै नै तनाव दियो । 

पूजाले आफूले मात्रै सिनेमा चलाउन पाउनु पर्छ भन्ने स्वार्थी भावना राखेको भन्दै धेरैले उनको आलोचना गरे । उनको यहि स्ट्याटसमा कारण धेरैले उनका पुराना विवादहरु कोट्याउने मौका पाए । 

तर पूजाले भने आफ्ना बारेमा प्रकाशित भएका कुनै पनि खबरहरुको खण्डन गरिनन् । सिनेमा प्रचार प्रसारको लागि उपत्यका बाहिर भएका कारण पनि उनलाई यस विषयमा बोल्ने मौका मिलेको थिएन । तर अन्तत उनले सबै विवादका बारेमा बोलेकी छिन् । 

विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई आफ्नो सिनेमासँग ‘रोज’ जुधाएको आरोप लगाएको बारेमा उनले भनिन्, ‘निकिता दिदी जुन पदमा हुनुहुन्छ हाम्रो समस्या समाधान गर्नको लागि नै हुनुहन्छ । हामीले यस उद्योगमा काम गर्दा परेका सबै समस्याहरु उहाँलाई नै हो भन्ने । अनि मैले जुन माध्ययमबाट भनेपनि दिदीले बुझ्नु हुन्छ जस्तो मलाई लाग्छ ।’ त्यस्तै पूजाले प्रदीपको सिनेमासँग आफ्नो सिनेमा जुध्ने भनेर आफू नडराएको तर दुवैलाई भलो हुने काम गरौँ भनेर भन्न खोजेको पनि स्पष्ट पारेकी छिन् । 

उता सिनेमा ‘कायरा’ हेरेर नराम्रो भन्दै हाँसेको आरोप पनि पूजालाई लागेको थियो । यति मात्रै हैन उनले ‘कायरा’मा साम्राज्ञीको काम हेरिसकेपसछि साम्राज्ञीको बारेमा पनि विभिन्न कुराहरु गरेको खबर सार्वजनिक भएको थियो । 

पूजाले साम्राज्ञी भन्दा आफू हिट भएको भन्दै आफूलाई नम्बर वान नायिका भनिनु पर्ने कुरा गरेको समेत केही समाचारमा सार्वजनिक भएको थियो । 
तर पूजाले यो कुरा हुँदै नभएको बताएकी छिन् । उनले व्यक्तिगत जीवनमा साम्राज्ञी र आर्यनसँग आफू निकै नै नजिक भएको र उनीहरुको बारेमा यस्तो सोच्न र भन्न नसक्ने बताएकी छिन् ।
 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस