रेडियो अडियो

चितवनकि अन्जुको कर्मै मेरो खोटी रैछु लाई दर्शकको राम्रो प्रतिक्रिया

2018/11/16   gufgaf

गफगाफ - सामाजिक सञ्जालको बढ्दो लोकप्रियता र प्रयोगले गर्दा पछिल्लो समय समाजमा लुकेर रहेको समस्या र प्रतिभाहरुलाई उजागरको राम्रै माध्यम बनेको छ । समाजमा कुनै खालको प्रतिभासम्म संचार माध्यमको नजर नपुग्ला भन्ने अवस्था पनि रहेको छैन । संचार माध्यमको बिकसित रुपहरु पत्रपत्रिका, रेडियो तथा टेलिभिजन भन्दा पनि सामाजिक सञ्जाल युटुब तथा फेसबुक जस्ता माध्यमहरुमा दर्शकहरुको चासो बढ्दै गएको छ । 

पछिल्लो समय सामाजिक संजाल युटुबको बढ्दो लोकप्रियताले गर्दा नयाँ प्रतिभाहरुले राम्रो अबसर समेत पाईरहेका छन् । जो सँग प्रतिभा छ, जो सँग क्षमता छ तर आर्थिक अबस्था कमजोर भएकै कारण अवसर पाएका छैनन् भने पनि पछिल्ला समयका केहि युटुब च्यानलहरुले राम्रै अबसर प्रदान गरिदिएका छन् । पछिल्ला तिन(चार बर्षमा सामाजिक सञ्जालहरुबाट भाईरल भएका उदहारण खोज्ने हो भने थुप्रै रहेका छन् । 

त्यस्तै एक उदाहरण हुन् चितवनकि अन्जु बिक । केहि समय अगाडी फिल्मी पाटीबाट सार्वजनिक भएको एक अन्तर्वाता पछी चर्चित बनेकी अन्जु बिकको पहिलो अफिसियल गीत कर्मै मेरो खोटी रैछु लाई अत्याधिक रुचाईएको छ ।राम्रो गीत गाउँने प्रतिभा  भएकी अन्जुको अन्तर्वाता सार्वजनिक भए पछी उनिलाई बिभिन्न ठाउँबाट सहयोग आएको थियो । प्रतिभा भएको तर आर्थिक अभावका कारण प्रस्फुटन गर्न नपाएकी अन्जुलाई बिभिन्न ठाउँबाट प्राप्त रकम  बाट अन्जुको पहिलो गीत रेकर्ड गराएको थियो । कर्मै मेरो खोटी रैछु बोलको निकै मार्मिक गीत केही दिन अघी मात्रै सार्वजनिक भएको थियो । अन्जु कै अभिनय सहितको भिडियो केही दिन अघी मात्रै सार्वजनिक गरिएको थियो ।

युट्युबमा सार्वजनिक भएको केही दिनमा गीतले दर्शक श्रोताहरुको मन जित्न सफल भईरहेको छ । युट्युबमा गीत हेरेका दर्शकहरुको अन्जुको खुलेर तारिफ गरेका छन् भने भिडियोले पनि निकै राम्रो प्रतिकृया प्राप्त गरिरहेको छ । दर्शक श्रोताहरुले गीतको आवाज शब्द, संगीत सबै उत्कृष्ट भएको प्रतिकृया दिएका छन् । यस्तै भिडियोमा अन्जु बिक सँगै अन्य कलाकारहरुको अभिनिय पनि राम्रो भएको प्रतिकृया प्राप्त गरिरहेका छन् । पहिलो पटक आफ्नो गीत सार्वजनिक भएर दर्शक श्रोताहरुको यती धेरै माया पाउदा निकै खुशी लागेको अन्जुले बताईन । 

यस्तै यहाँ सम्म पुग्छु भनेर सोच्दै नसो चेको कुरा पुरा भएको भन्दै फिल्मी पाटी परिवारलाई धन्यवाद दिईन् । अन्जुको आवाज रहेको गीतमा लक्ष्मी सोतीको शब्द तथा बिशाल ढकालको संगीत रहेको छ । गीतमा अन्जु बिक, मुस्कान काप्री, रन्जना सुबेदी, भिम ढुङगेल र कृष्ण पौडेलको अभिनय रहेको छ । गीतको भिडियोलाई किशोर चौधरीले निर्देशन गरेका हुन् भने सुरेश चौधरीले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई मेगनाथ चौधरीले खिचेका हुन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस