रेडियो अडियो

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

2018/11/16   gufgaf

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ दिनमा प्रदर्शन भईरहेको छ । असोज २४ गते देखि प्रदर्शनमा आएको यो सिनेमा नेपालमा सफलता पूर्वक कारोबार गर्ने सिनेमा हो । योे सिनेमाले नेपाली सिनेमाको ईतिहासमै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ । नेपालमा सफलता पूर्वक प्रदर्शन भईरहेको यो सिनेमा विदेशमा पनि सफलतापूर्वक प्रदर्शन भईरहेको छ । अमेरिकाको टेक्सास डालसमा  अहिलेसम्मकै धेरै पटक प्रदर्शन हुने सिनेमाको रेकर्ड समेत ‘छक्का पञ्जा ३’ ले राखिसकेको छ । अमेरिकासँगै यो सिनेमालाई अस्ट्रेलियामा पनि दर्शकको उस्तै साथ मिलिरहेको छ ।

अस्टे्रलियामा सिनेमालाई साथ दिएका दर्शकलाई धन्यवाद दिन र माया बाँड्नका लागि सिनेमाको टोली शुक्रबार साँझ अस्ट्रेलिया उड्दैछ । यो यात्रामा सिनेमाकी निर्देशक दीपाश्री निरौला, कलाकार दीपक राज गिरी, बुद्धि तामाङ, अनुराग क्वँरसँगै दीपक राज गिरीका कान्छा छोरा प्रसिद्ध गिरी छन् । यो टोलीले झण्डै एक साता अस्ट्रेलियामा रहेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेर फर्किनेछ । नेपालका सरकारी बिद्यालयमा हुने राजनीति र त्यसले बिद्यार्थीहरुको भविष्यमा पारेको असरलाई मुख्य विषय बनाएको यो सिनेमामा दीपक राज गिरी, दीपिका प्रसाईँ, केदार प्रसाद घिमिरे, जितु नेपाल, निर शाह, अनुराग क्वँर, संजोग कोईराला, प्रियंका कार्की, स्वस्तीमा खड्का लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


 मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस