रेडियो अडियो

नेपाली चलचित्रमा महंगा नायिकाहरु

2018/11/18   gufgaf

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लिएर मात्र चलचित्रमा अभिनय गर्न तयार हुने नायिका हुन निरुता सिंह । उनि त्यस समयकी महंगी नायिकाका रुपमा चिनिन्थिन् । त्यस्तै पछिल्लो समय केहि नायिकाहरु छन् जसले नायक सरहको पारिश्रमिक बुझेर मात्र चलचित्रमा काम गर्न तयार हुने गरका छन् । पछिल्लो समय महंगो पारिश्रमिक लिने नायिकाहरु मध्यको पहिलो नम्वरमा अउने नायिका हुन सम्राज्ञी राज्य लक्ष्मि शाह । उनले एक हप्ता अघि मात्र पुनम इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा १५ लाख पारिश्रमिक लिएर लिखित सम्झौता गरेको खवर बहिरिएको थियो । यस अघि चलचित्र मंगलम निर्देशन गरेका निर्देशक नवल नेपालले निर्देशन गर्ने उक्त चलचित्रमा नायकका रुपमा भने पुष्पल खड्काले काम गर्ने पक्का भइसकेको छ । 

उक्त चलचित्रमा कागजी सम्झौता गरेको १ हप्ता पुरा नहुदै उनि अर्को चलचित्रका निम्ति पनि अनुबन्धित भइसकेको बताइएको छ । निर्देशक हेमराज विसीले निर्देशन गर्न लागेको उक्त चलचित्रमा पनि उनले १५ लाख रुपैया नै पारिश्रमिक बुझेको बताइएको छ । सम्राज्ञीले २ हप्तामा ३० लाख पारिश्रमिक लिएको कुराले चलचित्र नगरी त तातिएको छ नै त्यस सगै हेमराज विसीले निर्देशन गर्ने उक्त चलचित्रमा नायक प्रदिप खड्का सम्राज्ञीको जोडीका रुपमा प्रस्तुत हुने पक्का भए सगै उनिहरुको चर्चा थप चुलिएको छ ।

यस अघि पनि धेरै निर्माता तथा निर्देशकहरुले प्रदिप र सम्राज्ञीलाई एउटै चलचित्रमा प्रस्तुत गर्ने कसरत नगरेका हैनन् । दर्शकले पनि यो जोडीलाई एउटै चलचित्रमा हेर्ने चाहाना व्यक्त गरेका थिए । उन्तत दर्शकको त्यो चाहाना निर्देशक हेमराज विसीले पुरा गरिदिने भएका छन् । हेमराजको चलचित्रमा सम्झौता गर्नु अघि सम्राज्ञीले करिव १० भन्दा धेरै चलचित्रहरुको अफरलाई अस्विकार गरेको श्रोत बताउछ । 

यस सगै अभिनेत्री पुजा शर्माले पनि १५ लाख पारिश्रमिक लिएको खबर बाहिरिएको थियो । उनले उक्त रकम लिएर लिखित सम्झौता गरको सम्झौता पत्र नै सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी थिइन् । उनले सुदर्शन थापाले निर्देशन गर्न लागेको बाहिरी व्यानरको चलचित्र सम्हालिन्छ कहिले मन को युनिटबाट उक्त रकम बुझेकी हुन् । चलचित्रका निम्ति नव नायक सोनम थोप्देनले काम गर्ने पक्का भइसकेको छ भने अर्का एक नायकको खोजि भइरहेको छ । नायक आकाश श्रेष्ठ र आर्यन सिग्देल मध्य एकले काम गर्न सक्ने बुझिएको छ । 

यस्तै महंगो परिश्रमिक लिने अर्की नायिका हुन नम्रता श्रेष्ठ । उनले पनि चलचित्र प्रसाद बाट १५ लाख रुपैया नै पारिश्रमिक लिएको बताइएको छ । चलचित्र प्रसाद आउने मंसीर २१ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको छ  । चलचित्र प्रसादलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।

 मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस