Tuesday, 26 Oct
01:00:00

सरोज खनालको २० रुपैयाँको विहे

2018/11/18   gufgaf

गफगाफ -  अभिनेता सरोज खनाल र अभिनेत्री सूर्यमाला शर्मा विवाह बन्धनमा बाँधिएको तीन दशक नाघेको छ । तीन दशक अघि विजया दशमीको दिन सरोज र सूर्य वैवाहिक बन्धनमा बाँधिएका थिए । करिअरको शुरुवातमा थियटरमा काम गर्ने क्रममा सरोज र सूर्यमालाको भेट भयो । सूर्यमाला सरोजको सिनियर कलाकार थिईन् । यहि कारण पनि पहिले सूर्यमालाले सरोजलाई खासै ध्यान दिएकी थिईनन् । किनभने उनलाई सरोज जुनियर भएका कारण खासै चासो थिएन । तर सरोजले भने सूर्यमालालाई पहिले देखिनै चिनेका थिए । सरोजलाई सूर्यमालाको अभिनय पनि मन पर्थ्यो ।

पहिले बेवास्ता गरेको भएपनि पछि भने सरोजले सूर्यलाई आफूतिर आकर्षक गरेरै छोडे । यी दुईको चिनजान भएको केही महिनामै प्रेमको मुना पलायो । प्रेम त शुरु भयो तर विवाह गर्न उनीहरुको लागि त्यति सजिलो थिएन । दुवैको परिवारले त्यससमय उनीहरुको विवाह गर्न मानेको थिएन । किनभने सरोजको पक्का जागिर नभएका कारण सूर्य मालाको परिवारले छोरी दिन अनकन गर्यो । आफू सरोजको मायामा परेको र उनीसँग विवाह गर्न चाहेको कुरा सूर्यमालाले आमासँग सेयर गर्दा आमाले मान्नु भएन । यता  सरोजको घरमा पनि छोराले केही गरेर मात्रै विवाह गरोस भन्ने चाहना थियो ।

डाक्टर बनाउन भनेर काठमाण्डौ पढ्न पठाएको छोरोले छिट्टै विहे गर्न लागेको कुरा घरमा मन परेको थिएन । यहि कारण दुवैको परिवारले त्यसताका विवाह गरिदिन नमान्ने पक्का भएपछि सरोज र सूर्यमालाले भाग्ने निर्णय गरे ।   प्रेम शुरु भएको ७ महिनामै उनीहरुले भागी विवाह गरे । उनीहरुको विवाह प्रसंग  निकै नै चाख लाग्दो छ । यी दुईको विवाहमा जम्मा २ सय रुपैयाँ खर्च भएको थियो । २० रुपैयाँ विवाहको सामान किन्दा र पण्डितलाई टिका लगाएर दक्षिणा दिँदा गरेर २ सय खर्च भएको सरोजले बताए । ३१ वर्ष अघि विजया दशमीको दिनमा उनीहरुले मैतिदेवि मन्दिरमा गएर अर्कालाई सदाका लागि आफ्नो बनाएका थिए ।

अचम्म लाग्दो कुरा उनीहरुले मन्दिरमा विवाह त गरे तर कोठामै आएर लगनको पोते र सिन्दुर लगाएका थिए । किनभने विवाहको क्रममा त्यहाँ उनीहरु दुईजना र पण्डित बाहेक कोही पनि थिएन । यहि कारण वरिपरिका सबैलाई उनीहरुले कुनै सिरियलको लागि सुटिङ गरिरहेको भन्ठाने र त्यहाँ हेर्नेहरुको भिड लाग्यो । यहि कारण मन्दिरमा भगवानलाई ढोगेपछि कोठामै गएर सिन्दुर र पोते लगाएका थिए । उनीहरुको विवाहमा परिवारका सदस्यहरुको उपस्थिती त भएन नै साथै उनीहरुले आफ्नो साथीहरुलाई बोलाउने मेसो समेत पाएनन् । किन भने उनीहरुको विवाह तयारी बिना नै भयो ।

यो विवाहले सरोजको जिन्दगीमा खुशीका पलहरु मात्रै लिएर आयो । विवाहपछि एउटा छोराको पिता बनेर नै सरोजले सिनेमामा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाएका थिए । त्यसपछि उनले लगातार सिनेमामा मुख्य अभिनेताको रुपमा केही वर्ष राज गरे । दुई छोराका मातापिता सरोज र सूर्यमाला अहिले एउटा नातीका हजुरबुवा र हजुरआमा पनि बनिसकेका छन् । बीचमा १७ वर्ष अमेरिकामा बसेर आएको यो जोडीले भर्खरै मात्र एक्टिङ स्कुल माला आर्टस एकेडेमिको शुरुवात गरेको छ । यो अभिनय सिक्न चाहनेहरुका लागि राम्रो प्ल्याटफर्म बन्नेछ । अब नेपालमै केही गर्ने सोचका साथ उनीहरुले एक्टिङ स्कुलको शुरुवात गरेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस