Tuesday, 26 Oct
01:00:00

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

2018/11/18   gufgaf

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभिनेता रणवीर सिंह ईटालीको लेक कोमोमा १४ र १५  नोभेम्बरमा विवाह गरेर १८ नोभेम्बर अर्थात आईतबार मुम्बई फर्केका छन् । आईतबार विहान उनीहरु म्ुम्बई एयरपोर्ट आईपुग्दा भारतीय मिडियाहरुले उनीहरुका केही तस्बिर क्लिक गरेका छन् जुन तस्बिर अहिले भाईरल भईरहेका छन् ।  विवाह गरेर फर्केको यो जोडीले म्याचिङ ड्रेस लगाएको थियो जसमा दुवैलाई निकै नै आकर्षक देखिएको छ ।

म्ुम्बई फर्किएसँगै आईतबार दीपिकाले रणवीरको घरमा गृह प्रवेश गरेकी छिन् । त्यसो त रणवीर र दीपिकाले विवाह पछि बस्नका लागि जुहु ईलाकामा एउटा घर किनिसकेका छन् । उनीहरुले ५० करोडमा घर किनेका छन् जसको अहिले ईन्टेरियर डिजाईनको काम भईरहेको छ । यस कारण उनीहरु केही दिन रणवीरको अहिलेको घरमै परिवारसँग बस्नेछन् ।  

दीपिका र रणवीरले तीन पटक विवाहको रिसेप्शन पार्टी राख्ने भएका छन् । २१ नोभेम्बरमा बैंगलोरमा  परिवार र आफन्तका लागि रिसेप्शन पार्टी हुने भएको छ भने २८ नोभेम्बरमा मुम्बईमा मिडियाको लागि विशेष रिसेप्शन हुने भएको छ ।  त्यसपछि बल्ल बलिवुडको पालो आउने भएको छ । १ डिसेम्बरमा  बलिवुडका साथीहरुका लागि उनीहरुले रिसेप्शन पार्टी राख्ने भएका छन् । दीपिका र रणवीरले ५ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस