रेडियो अडियो

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

2018/11/18   Rabindra

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीमती बस्थे ।उनीहरुको पाँच जना

बच्चा बच्ची थिए ।त्यतीकैमा एकदिनको कुरा हो...रामबहादुर र उस्को

श्रीमतीको घरमा नराम्रो सँगले झगडा परेछ...अनी रामबहादुरले भनेछ...।


रामबहादुरः(रिसाउँदै)हेर अब म तँ सँग एकछिन पनी बस्न सक्दिन....जान्छु...म याहाँ बाट...तँ एक्लै बस्....


श्रीमतीःकेरे एक्लै बस रे...अनी तिमी चैँ कता जान्छौ नी..भरे फेरी लुरुक्क परेर आउनलाई..


रामबहादुरःअरु बेला आएको थिएँ होल..तर म आज चैँ कुनैपनी

हालतमा फर्केर आउँदिन...म अब देखि सँधै मेरो आमा सँग बस्छु...


श्रीमतीःकेरे आमा सँग बस्ने रे..बल्ल मेरो पनी बाटो खुल्यो...अब म पनी जान्छु....


रामबहादुरःकता नी...हजुर चैँ....??


श्रीमतीःम पनी जान्छु नी मेरै आमा भएको ठाउँमा.....


रामबहादुरःआमा भएको ठाउँमा गएपनी जा...जता गएपनी जा मलाई के मतलब...


श्रीमतीःकेरे के मतलब रे...अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???


रामबहादुरःतँ आफैँ लैजान....


श्रीमतीःकेरे तँ आफैँ लैजा रे...के यो मेरो मात्र बच्चा हो...तिम्रो हैन...??


रामबहादुरःहो यो मेरो पनी बच्चा हो तर.....


श्रीमतीः(बिचैमा कुरा काट्दै)तर के...हँ...??


रामबहादुरःतर के भन्दा..अब हेर तँ पनी तेरो आमा सँग बस्न जाने...म पनी मेरो आमा सँग

बस्न जाने...यो हिसाबले हेर्दा त यिनीहरु पनी आफ्नै आमा सँग बस्नुपर्यो नी..हैन र ..?


(त्यसपछि श्रीमती ट्वाँ.............)


.................हाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस